अकल्यान्डको सुपरमार्केटमा आतंककारी हमला



अकल्यान्ड,(एजेन्सी) ।

न्युजिल्यान्डको राजधानी अकल्यान्डस्थित एउटा सुपर मार्केटमा कम्तीमा छ जना मानिसलाई छुरा रोपेर घाइते बनाउने एक हिंसात्मक अतिवादीलाई प्रहरीले घटनास्थलमै गोली हानेर मारेको छ । प्रधानमन्त्री जासिन्दा आर्डेनले ती आतंककारी आक्रमणकारी आपराधिक पृष्ठभूमिका कारण प्रहरीको निगरानीमा रहँदै आएका श्रीलंकाली नागरिक भएको जानकारी दिएकी छन् ।

आर्डेनले नाम नखुलाइएका ती आक्रमणकारी इस्लामिक स्टेट (आइएस) आतंककारी समूहका समर्थक रहेको पनि पुष्टि गरेकी छन् । शुक्रबार प्रहरीले कारबाही शुरू गरेको ६० सेकेन्डमै उनलाई मार्न सफल भएको थियो । स्वास्थ अधिकारीहरूका अनुसार घाइते चारजनाको स्थिति गम्भीर रहेको छ ।

अकल्यान्डका मेयर फिल गोफले अस्पताल परिवारले तिनीहरूको ज्यान जोगाउन हरसम्भव प्रयास गरिरहेको बीबीसीलाई बताएका छन् । शुक्रबार अपराह्न अकल्यान्डको न्युलिन जिल्लाको लिनमलस्थित काउन्ट डाउन सुपरमार्केटमा यस्तो अप्रत्यासित घटना घटेको हो । प्रधानमन्त्री आर्डेनले कुनै समूहबाट नभई एकल व्यक्तिबाट भएको यस आक्रमणलाई घृणित एवं अक्षम्य घटना भन्दै भत्र्सना गरेकी छन् ।
सुपरमार्केटले अनलाइनमा सेयर गरेको भिडियो फुटेजमा गोली चलेको आवाज सुनिनुअघि मानिसहरू ज्यान जोगाउन भागिरहेको देखिन्छ । प्रधानमन्त्री आर्डेनले आतंकवादविरुद्धको कानुनलाई अझै कडा बढाउने प्रतिबद्धता जाहेर गरेकी छन् ।

प्रतिक्रिया दिनुहोस्