खोप नलगाएकी महिलाले बच्चा जन्माएर प्राण त्यागिन्



लन्डन,(एजेन्सी) ।

वेलायतमा कोरोना पीडित एक गर्भवती महिलाले जन्माएको सन्तानलाई झुलुक्क मात्र हेरेर प्राण त्यागेकी छन् । चार सन्तानकी आमा ३५ वर्षीया सामान्था विल्लिसले कोभिड १९ विरुद्ध खोप लगाएकी थिइनन् । उनको सन्तान जन्माएपछि मात्र खोप लगाउने योजना थियो ।

तर, बच्चा जन्माउनुअघि नै उनी संक्रमित भइन् । उनको गत महिना नर्दन आयरल्यान्डको एल्टान्जेलिभन हस्पिटलमा छोरी एभिग्रेसको जन्मपछि मृत्यु भएको थियो । उनका पति विल्ली सजोसले आइ टेलिभिजनको ‘गुड मर्निङ ब्रिटेन’ नामक कार्यक्रममा भनेका छन्, –‘आठ महिनासम्म आफ्ना कोखमा हुर्काएकी बच्चीलालाई जन्मेपछि मेरी पत्नीले एकछिन पनि अँगालो मार्न सकिनन् । ’

यस वर्षको अप्रिलमा मात्र संयुक्त अधिराज्यको संयुक्त खोप समितिले गर्भवती महिलाहरूलाई पनि कोरोना भाइरसविरद्धको खोप दिइनुपर्ने सल्लाह दिएको थियो । सामान्थाले सिजरिन विधिमार्फत चोथौं सन्तानलाई जन्म दिएकी हुन् । जोसले आफ्नी पत्नीको दुखान्त घटना बताएर सबै गर्भवती महिलाहरूलाई खोपको अनिवार्यताबारे जानकारी दिलाउन चाहेको बताएका छन् ।

सामान्थाको अन्त्येष्टि गरिएको लन्डनडेर्रीस्थित सेन्ट कोलम्वस चर्चमै उनकी छोरी एभिग्रेसको व्याप्टाइज्ड गरिएको छ । सामान्था अस्पतालको आईसीयूमा रहँदा सामान्थाले आफ्ना एक सहकर्मी महिलालाई गर्भवतीहरूलाई खोप लिन लगाउन नबिर्सनू भनेर सल्लाह दिएकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्