मोदीद्वारा भारत – रूसबीच आर्थिक र व्यापारिक सम्बन्ध बढाउन आग्रह



इन्डिया न्युज नेटवर्क ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले शुक्रबार भारत र रूसबीच ‘विशेष र विशेषाधिकार प्राप्त रणनीतिक साझेदारी’ अनुरूप बृहत् आर्थिक र व्यापारिक संलग्नताको लागि आह्वान गरेका छन् ।

उनले भ्लादिभोस्तोकमा आयोजित छैठौं पूर्वी आर्थिक मञ्चको पूर्ण सत्रको क्रममा एक भिडियो सम्बोधन गरेका थिए । सन् २०१९ मा उनी मुख्य अतिथिका रूपमा यस मञ्चलाई सम्बोधन गर्ने पहिलो भारतीय प्रधानमन्त्री बनेका थिए ।

आफ्नो सम्बोधनमा प्रधानमन्त्रीले महामारीको समयमा स्वास्थ्य र औषधि क्षेत्र एक महत्वपूर्ण क्षेत्रका रूपमा देखापरेको बताएका छन् । उहाँले हीरा, कोइला, इस्पात र काठसहित आर्थिक सहयोगका अन्य सम्भावित क्षेत्रहरू बारे पनि उल्लेख गरेका छन् ।

ईईएफ–२०१९ मा भारतीय राज्यका मुख्यमन्त्रीहरूको भ्रमणको सम्झना गर्दै प्रधानमन्त्रीले रूसी सुदूरपूर्वका ११ क्षेत्रका राज्यपाललाई भारत भ्रमणको निम्तो दिएका छन् ।

रूसी सुदूरपूर्वको विकासका लागि रूसी राष्ट्रपति पुटिनको दृष्टिकोणको सराहना गर्दै प्रधानमन्त्रीले यस सम्बन्धमा रूसको एक विश्वसनीय साझेदार हुन भारतले ‘पूर्वमा क्रिया नीति’ मा कार्य गरेको बताएका छन् । उनले रूसी सुदूरपूर्वको विकासमा भारत र रूसको प्राकृतिक पूरकताबारे उल्लेख गरेका छन् ।

कोभिड १९ महामारीको चुनौतीको बाबजुद हाल पेट्रोलियम र प्राकृतिक ग्यास मन्त्री हरदीप सिंह पुरीको नेतृत्वमा एक भारतीय प्रतिनिधिमण्डल प्रमुख भारतीय तेल र ग्याँस कम्पनीहरूसहित ईईएफको ढाँचाअनुरूप भारत–रूस व्यापार वार्तामा भाग लिइरहेका छन्।

ईईएफ सँगसँगै सेप्टेम्बर महिनाको २ तारिखमा गुजरातका मुख्यमन्त्री विजय रूपाणी र रूसको साखा–याकुतिया प्रान्तका राज्यपालबीच अनलाइन बैठक सम्पन्न भएको थियो । विभिन्न प्रतिष्ठित भारतीय कम्पनीहरूबाट ५० जना प्रतिनिधिहरू पनि एक अनलाइन ढाँचाको माध्यमबाट भाग लिइरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्