विश्वमा स्मरण शक्ति गुमाउनेको संख्या कहालीलाग्दो बन्दै



जेनेभा, एजेन्सी ।

स्नायु प्रणालीमा आउने गडबडीका कारण अहिले पनि विश्वमा ५ करोड ५० लाख भन्दा बढी व्यक्ति स्मरण शक्ति क्षीण अवस्थमा बाँच्न बाध्य छन् । विश्व स्वास्थ संगठन (डब्ल्युएचओ)का अनुसार स्वास्थ्य सम्बन्धी यस मानवीय समस्याका कारण विश्वले वर्षको १३ खर्ब डलर बराबरको मुल्य चुकाइरहनु परेको छ ।

अल्जाइमर रोग , मस्तिष्कघात वा मस्तिष्कमा चोट पुग्दा स्मरण शक्ति क्षिण हुने यस्तो अवस्था आइपर्छ । विश्वमा पाको उमेरका मानिसहरुको संख्या बढ्दै गइरहेका कारण सन् २०३० सम्ममा यस्ता रोगीको संख्या बढेर ७ करोड ८० लाख पुग्ने तथा सन् २०५० सम्ममा यो संख्या १३ करो ९० लाख पुग्ने डब्ल्युएचओले भविष्यवाणी गरेको छ ।

साथै विश्व स्वास्थ संगठनले सार्वजनिक गरेको यस सम्बन्धी एक प्रतिवेदनमा विश्वका केवल चार वटा राष्ट्रले मात्र स्मरण शक्ति गुमाएका बिरामी र तिनीहरुका परिवारलाई सहयोग गर्ने राष्ट्रिय नीत बनाएके उल्लेख गरिएको छ । साथ डब्ल्युएचओले विश्वका सम्पूर्ण मुलुकलाई यस जनस्वास्थ चुनौति माथि सम्बोधन गर्न आह्वान पनि गरेको छ ।

डब्ल्युएचओका महानिर्देशक टेड्रोस अधानोम घेब्रिससले यस डिमेन्सिया नामक समस्याका कारण विशवका लाखौँ मानिसले स्वतन्त्रता , सम्मान र चिनेकै मानिसहरु अपििरचत बन्ने तथा माया गुमाउने जस्ता समस्या भोग्नु परिरहेको बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्