चीनद्वारा अमेरिकन चेम्बर अफ कमर्सलाई काम रोक्न निर्देशन



साङ्घाइ,(एजेन्सी) ।

चिनियाँ सरकारी निकायले दक्षिण पश्चिमी शहर चेंग्दुमा अवस्थित अमेरिकन चेम्बर अफ कमर्सलाई आफ्नो गतिविधि बन्द गर्न निर्देशन दिएको सो चेम्बरले मंगलबार औपचारिकरूपमा पुष्टि गरेको छ । सोमबार नै चेम्बरले आफ्ना सम्पूर्ण सदस्यहरूलाई चिनियाँ नियम कानुनअनुसार आफूले आफ्ना कार्य सञ्चालन रोक्नुपर्ने अवस्था आएको र आइन्दा दक्षिण पूर्वी चीनमा अमेरिकन चेम्बर अफ कमर्सको नाममा कुनै पनि गतिविधि चलाउन नसक्ने जानकारी दिएको थियो ।

अन्तर्राष्ट्रिय समाचार निकाय रोयटर्सले सो चेम्बर बन्द गराइनुको कुनै विशेष कारण अझै थाहा हुन नसेको जनाएको छ । यस चेम्बरले संयुक्त राज्य अमेरिका र चीनको सो क्षेत्रको व्यापार तथा लगानीलाई प्रवर्धन गर्दै आएको थियो । यस समूहका अध्यक्ष बेन्जामिन वाँगद्वारा यसको दर्ता र भविष्यको दिशाबारे स्थानिय प्रशासनसँग छलफल भइरहेको विच्याटमार्फत रोयटर्सलाई जानकारी गराएका छन् ।

प्रतिक्रिया दिनुहोस्