छोराको यौन सामग्री संकलनका लागि आमाबुबालाई जरिवाना



ग्रायन्ड हाभन, ( एजेन्सी ) ।

अमेरिकाको एक्जना न्यायाधीशले मिचिगनको पश्चिमी भागमा बसोबास गर्ने एक दम्पतीलाई तिनीहरूको छोरालाई उनले संग्रह गरेका अश्लिल सामग्रीहरूबाट छुटकारा पाउन उनलाई ३० हजार ४ सय ४१ अमेरिकी डलर तिर्न आदेश दिएका छन् ।

डेविड वेर्किङ नामक ति ४३ वर्षीय छोरोले आफ्नै मातापिताविरुद्धको मुद्दा जितेको आठ महिनापछि अमेरिकाका जिल्ला न्यायाधीश पावल म्यालोनीले यसै साता यो निर्णय सुनाएको हो । न्यायाधीशले आफ्नो छोराको यौनसम्बन्धी चलचित्र, पत्रिका र अन्य सामग्री संकलन फाल्ने ती दम्पतीसँग कुनै अधिकार नरहेको निर्णय दिएका हुन् । आफ्नी पत्नीसँगको पारपाचुकेपछि बेर्किङ आफ्नो आमाबुबाको ग्रायन्ड हाभेनस्थित घरमा दश महिना बसेका थिए । त्यसपछि उनी इन्डियानास्थित आफ्नै घरमा सरेका थिए । न्यायाधीशले एकजना विशेषज्ञले ती सामग्रीको मूल्य तय गरेअनुसार सो परिमाणको रकम तिरेर आमाबुबाले तिनलाई नष्ट गर्नेसक्ने निर्णय दिएको मेट लाइभ डटकमले जनाएको छ ।

साथै बेर्किङका अभिभावकलाई छोराको वकिलको खर्चवापत १४ हजार पाँच सय डलर पनि तिर्न आदेश दिइएको छ ।

प्रतिक्रिया दिनुहोस्