भारतद्वारा बंगलादेशलाई ४० एम्बुलेन्स हस्तान्तरण



इन्डिया ।

कोभिड १९ नियन्त्रण गर्ने साझा प्रयास तथा स्वास्थ्य सहकार्य बढाउने उद्देश्यले बुधबार भारतले बंगलादेशलाई ४० वटा एम्बुलेन्स हस्तान्तरण गरेको छ । अगस्ट १७ तारिखमा भारतले बंगलादेशलाई ३१ वटा एम्बुलेन्स हस्तान्तरण गरिसकेको थियो ।

बंगलादेशस्थित भारतीय उच्च आयोगले बुधबार जारी गरेको एक विज्ञप्तिमा भनिएअनुसार बंगलादेशतर्फ  पठाइएका ४० वटा एम्बुलेन्स पेट्रापोलमा पुगेको छ । बेनापोल भन्सारमा चेकजाँच भएपछि तिनलाई राजधानी ढाका पठाइनेछ ।

यस वर्ष मार्च महिनाको २६–२७ तारिखमा बंगलादेशको भ्रमणका क्रममा प्रधानमन्त्री नरेन्द्र मोदीले बंगलादेशलाई १ सय ९ वटा जीवन रक्षक एम्बुलेन्स सहयोग गर्ने वाचा गरेका थिए ।

भारतीय उच्च आयोगको भनाइअनुसार बाँकी ३८ वटा एम्बुलेन्स सेप्टेम्बर महिनाको मध्यसम्म ढाका पुग्नेछन् ।

यस सहयोगको उद्देश्य बंगलादेश सरकारलाई कोभिड १९ महामारी विरुद्ध लड्न सघाउनु रहेको छ ।

यस सहायताले भारतको बंगलादेशका जनताप्रति रहेको सद्भावको प्रतिनिधित्व गर्दछ ।

स्वास्थ्य क्षेत्रमा भारत बंगलादेशको दीर्घकालीन साझेदार बन्न इच्छुक रहेको छ । भारतले दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) का अन्य सदस्य राष्ट्रहरूलाई पनि कोभिड १९ विरुद्ध लड्न खोप लगायतका अन्य सहयोग उपलब्ध गराउँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्