पूर्व राजदूतको हत्या अभियोगमा ब्राजिलियन महिलालाई कैद



ब्रासिलिया ।

ब्राजिलकी एक महिलालाई आफ्ना पति अर्थात् ग्रिसका लागि ब्राजिलका पूर्व राजदूतको हत्याको आरोपमा ३१ वर्ष लामो कारावास सजाय सुनाइएको छ ।

सन् २०१६ मा काइरियाकोस आमिरिदिस नामक ती व्यक्तिको जालाइएको लास रियो दि जेनेरिायोमा एउटा जलाइएको कारको भग्नावशेषमा फेला पारिएको थियो ।

त्यतिबेला उनकी पत्नी फ्रान्कोइस डी सुजाका ओलिभेराको सर्गियो गोमेस नामक एक सैनिक प्रहरी अधिकारीसँग प्रेमलीला चलिरहेको थियो ।

पछि गोमेसले राजदूतलाई आफ्नो प्रेमिकाको चहानाबमोजिम हत्या गरेको स्विकारेकी थिइन् । उनलाई पनि अदालतले बाइस वर्ष लामो कारावास सजाय तोकेको छ ।

ती दुई अवैध प्रेमी प्रेमिकाविरुद्धको तीन दिने मुद्दा सुनवाइको क्रममा न्यायाधीशले तिनीहरूले अक्षम्य अपराध गरेको जनाएका छन् । आमिरिदिसको लास लुकाउन मद्दत गरेको अभियोग लागेका गोमेसका नातेदार एदुआर्डो मोरेइरालाई अदालतले सफाइ दिएको छ ।

यद्यपि, उनले यसै अपराधको सिलसिलामा एक वर्ष लामो काराबास भुक्तान गरिसकेका छन् ।  ५९ वर्षीय आमिरिदिसले सन् २००१ देखि २००४ सम्म रियो दि जेनेरियोमा कन्सुलको रूपमा सेवा गरेका थिए ।

त्यसपछि ब्राजिलमा राजदूतको रूपमा फर्केर काम गर्ने क्रममा उनको सुनियोजित हत्या हुन पुगेको थियो । सन् २००४ मा फ्रान्कोइसेसँग विवाह गरेका उनकी एक छोरी छिन् ।

आफ्नो मृत्युअघि आमिरिदिस आफ्नी पत्नी र उनका अभिभावकसँग क्रिसमसको बिदा मनाउन राजधानी ब्रासिलियाबाट रियो दि जेनेरियोदेखि उत्तरमा पर्ने नोभा इगुआकु शहर पुगेका थिए ।

कसैलाई केही सूचना नदिईकन आफ्नो फ्ल्याटबाट एउटा भाडाको कारमा बसेर गएपछि उनी बेपत्ता भएको उजुरी प्रहरीमा परेको थियो । त्यसको भोलिपल्ट एउटा फ्लाइओभरमुनि जलेको एउटा कारभित्र उनको लास फेला परेको थियो ।

अनुसन्धानका क्रममा प्रहरीले उनी र उनकी पत्नी बस्दै आएको फ्ल्याटको सोफामा रगतको टाटा भेटिएपछि उनलाई त्यहीं हत्या गरेर बाहिर लगिएको विश्वास प्रहरीले गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्