अमेरिकाद्वारा काबुल विमानस्थलमा प्रहार गरिएका रकेट ध्वस्त



काबुल ।

अमेरिकाको क्षेप्यास्त्र भेदक प्रतिरक्षा प्रणालीले सोमबार बिहान सबेरै अफगानिस्तानको राजधानी काबुलस्थित अन्तर्राष्ट्रिय विमानस्थलमा प्रहार गरिएका पाँचवटा रकेट खसालिदिएको एकजना अमेरिकी अधिकारीले बताएका छन् ।

बीस वर्ष लामो युद्ध टुंग्याएर अमेरिकाले सम्पूर्ण फौज र नागरिक फिर्ता लाने काम सक्न लागेको अवस्थामा यो आक्रमण भएको हो ।

यसअघि नै अमेरिकी सेना स्वदेश फर्केपछि इस्लामिक लडाकु समूह तालिवानले सम्पूर्ण अफगानिस्तान कब्जा गरिसकेको छ । तालिवान लडाकुहरूको प्रतिशोधको डरले थुप्रै अफगान जनताले देश छाडिसकेका छन् ।

अहिलेसम्म विदेशी र अफगान नागरिक गरी करिब १ लाख १४ हजार मानिसले अफगानिस्तान छाडिसकेका छन् । इस्लामिक लडाकुहरूसँग गरिएको सम्झौतामुताविक हाल अफगानिस्तान छाड्न सुरक्षा प्रदान गर्न आइपुगेको सम्पूर्ण अमेरिकी फौज पनि मंगलबारसम्ममा स्वदेश फर्किसक्ने छन् ।

बिहीबार काबुल विमानस्थलको गेटमा एकजना तालिवान लडाकुले गराएको आत्मघाती बम विस्फोटमा १३ जना अमेरिकी सैनिकको पनि ज्यान गएको थियो ।

गत सप्ताहान्तसम्ममा विमानस्थलमा सुरक्षाका लागि तैनाथ गरिएका अमेरिकी फौजको संख्या खुम्चेर ४ हजारभन्दा कम भएको छ ।

प्रतिक्रिया दिनुहोस्