आत्मरक्षाका लागि तेस्रो लिंगीको हत्या !



वासिंगटन,(एजेन्सी) ।

अमेरिकाको वासिंगटनस्थित एक पुरुषले अदालतसमक्ष आत्मरक्षाका लागि आफूले एक तेस्रोलिंगी किशोरको हत्या गरेको स्विकारेका छन् । २७ वर्षीय डेविड बोग्दानोभले जैविक रूपमा पुरुष भए पनि आफूलाई महिलाको रूपमा परिचय दिने निक्की कुन्हासेनलाई आत्मरक्षा गर्ने उद्देश्यले नै सन् २०१९ को जुनमा हत्या गरेको बताएका छन् ।

बोग्दानोभले न्यायाधीशसमक्ष बताएका छन्, –‘कारमा बसेर यौन सम्पर्क राख्ने क्रममा उनी तेस्रोलिंगी भएको थाहा पाएपछि म उनीबाट भाग्न खोजेँ । उनले मसँग झगडा गर्दै बन्दुक निकाल्न खोजे । त्यसपछि मैले डोरीले उनको घाँटी कसेर मारें । मैले उनको लास क्लार्क काउन्टिको लार्क माउन्टेन नजिक फ्याँकें । तर, सरकारी पक्षका वकिलले भने एकजना तेस्रोलिंगीसँग यौन सम्पर्क राख्नपुग्दा लाजबोधका कारण उनले सो अपराध गरेको आरोप लगाएका छन् ।

प्रतिक्रिया दिनुहोस्