यौन चलचित्रका नायकविरुद्ध ३० भन्दा बढी मुद्दा



वासिंगटन,(एजेन्सी) ।

अमेरिकाका वयस्कहरूका लागि यौन चलचित्रका चर्चित नायक रोन जेरेमी विरुद्ध दर्जनौं यौन उत्पीडनका उजुरी परेका छन् । ६७ वर्षीय जेरेमीविरुद्ध २१ जना पीडितबाट ३० वटाभन्दा बढी आफूहरूमाथि गरिएको यौन शोषणको मुद्दा दर्ता भएका छन् । उनीविरुद्ध मुद्दा दायर गर्नेमा १५ देखि ५१ वर्ष उमेरका महिला रहेका छन् ।

मुद्दासम्बन्धी घटना सबैभन्दा पुरानोमा सन् १९९६ सम्म रहेका छन् । गत बुधबार जेरेमीलाई अमेरिकाको लस एन्जेल्सस्थित एउटा अस्पतालमा उपस्थित गराइएको थियो । तर, उनले उनीविरुद्ध लगाइएका १२ वटा जबर्जस्ती बलात्कार, ७ वटा जबर्जस्ती मुख मैथुन, ६ वटा एकै समयमा प्राकृतिक र अप्राकृतिक यौन सम्बन्ध राख्न खोजेको, चारवटा यौनांगमा अन्य वस्तु प्रवेश गराउन खोजेको, दुईवटा मस्त निदाइरहेका व्यक्तिमाथि अनुचित सम्बन्ध राख्न खोजेको तथा एउटा नाबालिका अर्थात् १४ वा १५ वर्षीया किशोरीमाथि बलात्कार कोसिस गर्न खोजेको भन्ने अभियोग अस्विकार गरेका थिए ।

लस एन्जेल्स जिल्ला न्यायाधीश जर्ज ग्यास्कनले उनको यस्तो उत्पीडनका कारण जीवित पीडितहरूले सधैं एक्लै मानसिक प्रताडना भोग्ने गरेको र सबैले तिनीहरूलाई यस्ता प्रताडनाबाट उन्मुक्त हुने उपाय खोज्न तथा अपराधविरुद्ध खुलारूपमा उजुरीका लागि अघि सर्न प्रोत्साहित गर्नुपर्ने बताएका छन् । जेरेमीलाई आगामी १२ अक्टोवरमा पुनः अदालतमा पेस गरिने भएको छ । जमानतवापतको रकम ६६ लाख अमरिकी डलर बुझाउन नसकेका कारण अहिले उनलाई हिरासतमा राखिएको छ ।

प्रतिक्रिया दिनुहोस्