युक्रेनमा २९ वटा सामूहिक चिहान भेटिए



किभ ।

युक्रेनको दक्षिणी शहर ओडेस्सामा करिब ५ देखि ८ हजार मानव कंगालसहितका २९ वटा सामूहिक चिहान फेला परेका छन् । इतिहासविद्हरूले एउटा विमानस्थलको विस्तारका लागि निर्माण कार्य अघि बढाउने क्रममा भेटिएका ती चिहान ३० दशकको उत्तराद्र्धका हुनुपर्ने विश्वास गरेका छन् ।

तत्कालीन सोभियत संघमा जोसेफ स्टालिनको शासनकालमा हजारौं युक्रेनीको ज्यान गएको थियो । युक्रेनको राष्ट्रिय स्मारक प्रतिष्ठानका क्षेत्रीय शाखाका अध्यक्ष सर्गीय गुत्साल्युक ती व्यक्तिहरू २० दशकको उत्तराद्र्धमा सोभियत गुप्तचर प्रहरीले मारेको हुनुपर्ने बताएका छन् । तर, ती मानव अवशेषको पहिचान हुने सम्भावना नरहेको बताइएको छ ।

युक्रेन फोर्म वेबसाइटका अनुसार सन् १९३८ देखि १९४१ बीच ओडेस्सामा सोभियत गुप्तचर प्रहरीद्वारा करिब ८ हजार ६ सय व्यक्तिलाई मृत्युदण्ड दिइएको थियो । राष्ट्रिय स्मारक प्रतिष्ठानले सो क्षेत्रमा कति जना मारिए भन्ने यकिन तथ्यांक अनुमान गर्न असम्भव हुने तथा यी चिहान युक्रेनमा हालसम्म भेटिएकामध्ये नै सबैभन्दा ठूलो भएको दाबी गरेको छ ।

प्रतिक्रिया दिनुहोस्