नवलपरासी कारागार समस्यै समस्याको खानी, क्षमता भन्दा दोब्बर कैदी बन्दी



यमलाल भुसाल, बुटवल ।

पश्चिम नवलपरासी जिल्लामा रहेको कारगारमा निकै समस्या रहेका छन । राष्ट्रिय मानव अधिकार प्रतिष्ठान रुपन्देहीले कारागारमा रहेका कैदी बन्दीको अवस्थाका वारेमा गरेको स्थलगत अनुगनमा कैदी बन्दीलाई निकै समस्या रहेको औल्याएको छ ।

विशेष गरि कारागारामा क्षमता भन्दा २ सय प्रतिशत कैदी बन्दी राख्नु परेकोले उनिहरु पालो गरेर सुत्न पर्ने अवस्था रहेको छ भने खान पानीको पनि निकै समस्या रहेको छ ।

जिल्ला कारागारको क्षमता १५० जना पुरुष र २५ जना महिला गरि १७५ जना राख्न मिल्ने भनिएपनि त्यसको २ सय प्रतिशत भन्दा पनि बढी कैदी राख्न परेको कार्यालयले जनाएको छ ।कारागारमा अहिले ४५७ जना पुरुष , ६१ जना महिला र २ जना आश्रित गरि ५२० जना कैदी रहेको कारागार प्रमुख तथा जेलर जगत बस्नेतले बताउनु भयो । कारागारमा बस्ने स्थान संगै खानेपानीको अभाव समेत रहेको छ ।

कारागारमा १८ वर्ष देखि ८० वर्ष सम्मका कैदी बन्दी रहेको कार्यालय प्रमुख बस्नेतको भनाईरहेको छ ।

कार्यालयमा एउटा मात्र गाडी सवारी साधन रहेको र त्यो पनि निकै पुरानो भएकाले समस्या रहेको जेलर बस्नेतको कथन रहेको छ ।

कारागार अपाङ मैत्री हुन सकेको छैन । अपाङ भएका व्यत्तिहरुलाई राख्न परेमा उनिहरुलाई आवश्यक पर्ने ह्ईिल चेयरको समेत अभाव रहेको जेलरको भनाई रहेको छ ।

विभिन्न अपराधमा संग्लन भएकाहरुलाई कानुनी सजाय स्वरुप राखिने कारागार भएपनि मानिस नै भएकाले उनिहरुलाई भाडाबाख्रा सरह राख्नुले उनिहरुको मानव अधिकार हनन भएको अनुगमनमा गएको राष्ट्रिय मानव अधिकार प्रतिष्ठान रुपन्देहीका सभापति जितेन्दै प्रसाद वन्जाडे राजुले बताउनु भयो ।

प्रतिष्ठानले कैदी बन्दीहरुलाई मानव अधिकार संम्बन्धी पाठ्सामाग्री समेत उपलब्ध गराएको हो ।

उक्त कारागारमा रहेकाकैदी बन्दीलाइ कोरोना माहामारीको समयमा आफन्तसंग भेटघाट गर्न पाउने अधिकार वाट समेत सुरक्षा द्धष्टीकोणले बन्चीत गरिएको छ । यद्यपी कारागारमा रहेकाकैदी बन्दीलाई भने कोरोना संक्रमण भएको छैन ।

उनिहरुलाई कारागार प्रसाशनले सिपमुलक तालिमको व्यवस्था समेत गरेको जनाएको छ । अरु जे भएपनि क्षमता भन्दा बढी कैदी बन्दी राख्ने सवालमा राज्य गम्भिर बनी समयमै त्यसको विकल्प दिन जरुरी देखिएको अनुगमन टोलीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्