साथीसँग मिलेर आफ्नै दाइको हत्या



रामधन राई, खोटाङ।

खोटाङमा एक युवकको हत्या भएको अभियोगमा दुई जना पक्राउ परेका छन् । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–३ मुढेस्थित काँडे बस्ने ३३ वर्षीय गिरीराज थापाको हत्या गरेको अभियोगमा सोही ठाउँ बस्ने मृतककै भाइ २२ वर्षीय नारायण थापा र १३ वर्षीय किशोर रहेका छन् ।

गिरीराज बुधबार दिउँसो घरबाट निस्की हिँडेकोमा अबेरसम्म घर फर्की नआए पश्चात खोजी गर्ने क्रममा घरबाट करिब २ सय मिटर टाढा बारीमा मृत अवस्थामा फेला परेको जनाईएको छ । घटनाको जानकारी प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरीले अनुसन्धान गर्दा गिरीराजलाई डोरीले घाँटी कसी हत्या गरेको खुल्न आएपश्चात घटनामा संलग्नको अभियोगमा उनीहरूलाई  पक्राउ गरेको हो ।

यस सम्बन्धमा पत्रकार सम्मेलन गरी बिस्तृत जानकारी दिने जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रवक्ता सागर शाहले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्