वर्षौँपछि निर्वाणाको एल्बमकाे तस्वीर विवादमा



लन्डन, एजेन्सी ।

विश्व चर्चित सांगीतिक समूह निर्वाणाको ‘ नेभर माइन्ड ’ नामक एल्बममा छाप्न धेरै वर्ष पहिले वाल्य अवस्थामा तस्वीर खिचिएका स्पेन्सर एल्डेन नामक व्यक्तिले अहिले आफ्नो यौन शोषण भएको भन्दै यस ब्यान्डविरुद्ध क्षतिपुर्तिको माग सहित मुद्धा दायर गरेका छन् ।

सो एल्बमको कभर फोटोमा चार महिने एल्डेन पौडी पोखरीमा माछा मार्ने बल्छीमा अड्काइएको एक डलर नोट सामु पौडिरहेको देखिन्छ । अहिले तीस वर्ष उमेरका उनले आफ्ना अभिभावकले कहिल्यै पनि एल्वममा सो तस्वीर छाप्न ब्यान्डसंग कुनै पनि समझौता नगरेको बताएका छन् । साथै उनले सो नाँगो तस्वीरले बाल यौन सामग्रीको रुपमा पेश गरिएको पनि आरोप लगाएका छन् ।

क्यालिफोर्नियाको एक अदालतमा पेश गरिएको कानुनी दस्तावेजमा आफ्नो यौनाङ्ग देखिने गरी खिचिएको यो तस्वीर त्यसबेलादेखि अहिलेसम्म पनि बजारमा सार्वजनिक भइरहेकोे एल्डनका गुनासो रहेको छ । तर अमरिकाको प्रचलित कानुन अनुसार शिशुहरुको यस्तो तस्वीरलाई समेत सामान्यतया अश्लिल यौन सामग्री मानिँदैन ।

तर एल्डेनका वकिल रोवर्ट वाइ. लिविसले डलरको प्रस्तुती हेर्दा ति नाबालक ‘ यौनकर्मी ’ जस्तो देखिएको बताएका छन् । यस मुद्धामा निर्वाणाले एल्डेनको संवेदनशील अङ्गहरु स्टिकरले छोपिदिने बताएको कुरा समेत उल्लेख गरिएको छ ।

उनले जिवित ब्यान्ड सदस्य डेब ग्रोह्ल र क्रिस्ट नोभोसेलिक अर्थात गायक कर्ट कोविनका म्यानेजरहरु , कोविनकी पुर्व पत्नी कर्टनी लभ र फोटोग्राफर लगायतबाट क्षतिपुर्ति बापत जनही १ लाख ५० हजार डलर माग गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्