कैलास दर्शनका लागि हुम्ला आउँदै भारतीय सद्गुरु



ऋर्जुन बोहरा, सिमकोट ।

हिन्दु,र बौद्ध धर्मालम्बीहरुको महत्वपूर्ण तिर्थस्थल कैलास मानसरोवरको दूर दर्शनका लागि सद्गुरु बुधबार हुम्ला आउने भएका छन ।

हुम्लाको नाम्खा गाउँपालिका वडानं ६को लिमीको लाप्चाबाटै कैलास दर्शनको लागि २ दिनको अवधिमा १ सय ७ जना विभिन्न देशका विदेशी पर्यटक तथा स्वदेशी पयर्टक जिल्ला पुगेको सिमकोट विमानस्थल श्रोतले जानकारी दिएको छ । नेपाली भूमि लाप्चाबाट मानसरोवर कैलाश दर्शन र पूजापाठ गर्न गुरु आउने हुँदा नेपाली कुक र गाइडको टोली केहि दिन हुम्लामा पुगेको छ । पर्यटन व्यवसायी निमा लामाले कोरोना कहरले हिल्सा नाका बन्द हुँदा पहिलो पटक सतगुरुसहित ५० जनाको भारतीय धार्मिक पर्यटकको टोली हुम्ला पुग्ने थालेका बताए ।

कोरोना भाइरसकै कारण धार्मिक तथा सांस्कृतीक महत्वको कैलास मानसरोवार आवतजावत गर्न चीनीया पक्षले रोक लगाएका बेलामा सद्गुरु हुम्लाको लाप्चाबाटै दर्शन गर्न हुम्ला आउन लागेको हुम्लाका प्रमुख जिल्ला अधिकारी गणेश आचार्यले बताउनु भयो ।

पाँच हजार मिटर अग्लो स्थान हुम्लाको लाप्चा क्षेत्रबाट मानसरोवर कैलाशको दर्शन गर्न सकिने व्यास्था मिलाएको छ। सिमकोट आइपुग्ने टोलीले पैदल मार्गबाट लाप्चा पुगेर मानसरोवरको दर्शनका साथै पूजापाठ तयारी रहेको आयोजक प्रर्यक व्यावसाय विजय लामाले बताउनु भएको छ । यसअघि ३ वटा भारतीय टोलीले लाप्चाबाट मानसरोवर कैलाशको दर्शन गरेको र यसपटक भने ठूलो संख्यामा आउन लागेको पनि बताए । नेपाली भूमि लाप्चा धार्मिक स्थल दर्शनका लागि निकै उपयुक्त भएको र यसबारे भारतमा धार्मिक पर्यटकका लागि प्रचार प्रसार भएको बताए । पर्यटन व्यवसायी लामाका अनुसार, “गुरु एक रात सिमकोटमा बस्ने र भोली विहिबार बिहान मात्र पैदल मार्गबाट लाप्चातर्फ लाग्नु हुनेछ” । सदगुरुसँग १२ जना भारतीय लगाएयत दश देशका तीर्थलु सहभागिता रहनेछन् ।” टोलीको यात्राका लागि मोटर साईकल देखि घोडाको समेत व्यवस्था गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्