रोलिंग स्टोन्स ब्यान्डका ड्रमर चार्ली वाट्सको निधन



एजेन्सी ।

रोलिंग स्टोन्स ब्यान्डका ड्रमर चार्ली वाट्सको निधन भएको छ । ८० वर्षका वाट्सको लण्डन अस्पतालमा मृत्यु भएको हो ।

चार्लीका परिवार तथा प्रवक्ताले एक सूचना जारी गर्दै उनको मृत्युबारे जानकारी गराएका हुन् । ‘चार्ली एक मायालु पति, बुबा र हजुरबुबा हुनुहुन्थ्यो र रोलिंग स्टोन्सको एक सदस्यको रूपमा आफ्नो पुस्ताको सबैभन्दा ठूलो ड्रमर हुनुहुन्थ्यो,’ सूचनामा लेखिएको छ ।

प्रतिक्रिया दिनुहोस्