पर्वतमा ३४ हजार ३ सय ३९ बढीले लगाए खोप



पर्वत, (नेस) ।

पर्वत जिल्लामा ३४ हजार ३ सय ३९ बढीले कोरोनाविरुद्धको खोप लगाएका छन् । १ लाख ५७ हजार ८ सय २६ जनसंख्या रहेको भए पनि हालसम्म जम्मा ३४ हजारले मात्रा खोप लगाएका हुन् ।

जिल्ला स्वास्थ्य कार्यालय पर्वतका अनुसार पर्वतमा अहिलेसम्म २० हजार ४ सय ७५ जनाले पूर्णखोप प्राप्त गरेका छन् । जिल्लामा गत माघबाट खोप अभियान सञ्चालन भएको हो । शुरुमा कोभिसिल्ड खोप लगाइएको थियो । कोभिसिल्डको पहिलो डोज ९ हजार ९ सय ११ ले लगाएकोमा दोस्रो डोज ९ हजार २ सय ६२ ले मात्रै लगाएका छन् । कोभिडसिल्ड अन्यलाई बाँकी रहेको स्वास्थ्य कार्यालय पर्वतका निमित्त कार्यलय प्रमुख सन्तोष पौडेलले जानकारी दिनुभयो ।

त्यस्तै, भेरोसेल १८ हजार २६ जनाले पहिलो मात्रा लगाइसकेका छन् । तीमध्ये ७ हजार ९ सय ६५ ले दोस्रो मात्रा पनि लगाएको पौडेलले जानकारी दिनुभयो । उहाँका अनुसार जोन्सन एन्ड जोन्सन ६ हजार ४ सय २ जनाले लगाइसकेका छन् ।

यीमध्ये कोभिसिल्ड र भेरोसेल दुई मात्रा लगाउनुपर्छ भने जान्सेन खोप एकपटक मात्रै लगाए पुग्छ ।

प्रतिक्रिया दिनुहोस्