पुनर्बहाली गर्न अस्वीकार



काठमाडौं, (नेस)  ।

नेकपा (एमाले) मा प्रवेश गरेको आरोप लगाई कारबाहीमा परेका लुम्बिनी प्रदेशका नेकपा (माओवादी केन्द्र) का दुई प्रदेश सभाका सदस्यलाई अन्तरिम आदेशबाट पुनर्बहाली गर्न सर्वोच्च अदालतले अस्वीकार गरेको छ ।

न्यायाधीशहरू दीपककुमार कार्की र हरिप्रसाद फुँयालको संयुक्त इजलासले उहाँहरूलाई प्रदेशसभाका सदस्य पदमा अन्तरिम आदेशबाट पुनर्बहाली गर्न अस्वीकार गरेको हो ।

आफूलाई गैरकानूनी रुपमा प्रदेश सभा सदस्यबाट हटाइएको दाबी गरी दधिराम न्यौपाने र दिनेश पन्थीले सर्वोच्चमा रिट निवेदन दायर गरेका थिए । न्यौपाने र पन्थीले माओवादी पार्टी त्याग गरेको उल्लेख गर्दै उनीहरूको प्रदेश सभा सदस्य पद गएको उल्लेख गर्दै लुम्बिनी प्रदेश सभामा पत्र पठाइएको थियो ।

प्रतिक्रिया दिनुहोस्