मालिकलाई रजश्वलाको रगत र पिसाब ख्वाएको आरोपमा मुद्दा



सिङ्गापुर सिटी, (एजेन्सी) ।

सिङ्गापुरमा आफ्ना पूर्वमालिकको खानामा रजश्वलाको रगत र पिसाब मिसाएका खाना खुवाएको आरोप लगाइएकी एक घरेलु महिला कामदारको मुद्दा सोमबार शुरू भएको छ । ती मालिकले आफूलाई ४४ वर्षीया फिलिपिनो कामदार क्यानारेस रोबेना ओलाकै पूर्वब्वाईफ्रेन्डले उनको त्यस्तो घिनलाग्दो कामबारे सन्देश पठाएको दाबी गरेका छन् । तर, ओलाले भने आफूले कहिल्यै पनि त्यस्तो आपराधिक काम नगरेको अडान लिँदै आफूले ब्वाइफ्रेन्डलाई त्यस्तो काम गरेको भनेर झुठो बोलेको आफ्नो वकिलमार्फत बताएकी छन् ।

तर, आरोप लगाउने ती पूर्वमालिकले भने अदालतसमक्ष कुन तिथिमा आफूलाई त्यस्तो फोहोर खाना ख्वाइएको भन्ने बताउन सकेनन् । सन् २०१९ को डिसेम्बरमा यससम्बन्धी प्रहरीमा उजुरी पर्नुभन्दा धेरै पहिले त्यो घटना घटेकाले पनि उनले सम्झन नसकेको अनुमान गरिएको छ । पेसाले सफ्टवेयर इन्जिनियर ती मालिकको परिचय गोप्यै राखिएको छ ।

प्रतिक्रिया दिनुहोस्