भारत सरकारद्वारा विद्यार्थीहरूको विदेश यात्रा सुविधालाई प्राथमिकता



इन्डिया न्युज नेटवर्क, (एजेन्सी) ।

भारत र विश्वका बीच भारतीय विधार्थीले साँघुका रूपमा काम गर्छन् । त्यसैकारण उच्च शिक्षाको लागि विदेश–विदेश जान चाहने विद्यार्थीका लागि यात्रा प्रतिबन्ध हटाउनु भारतको पहिलो प्राथमिकता भएको विदेश सचिव हर्षवर्धन श्रृंगलाले बताएका छन् ।

युरोपेली संघका सदस्य राष्ट्र र स्विट्जरल्यान्डले कोभिशिल्ड खोपलाई मान्यता दिएको छ । तसर्थ, तिनीहरूले यात्रा प्रतिबन्ध हटाएका छन् र भारतीय विद्यार्थीलगायत अन्य आवश्यक यात्रीहरूलाई प्रवेश अनुमति दिएका छन् ।

अखिल भारतीय व्यवस्थापन संघमा ‘खोपपछिको विश्व व्यवस्थाः विश्वव्यापी व्यापार र यात्रासम्बन्धी अवरोध हटाउने’ विषयमा बोल्दै एफ एस श्रृंगलाले भनेका छन्– ‘महामारीविरुद्ध हाम्रो प्रतिक्रिया हेरचाह, सहयोग र समर्थन मा आधारित छ । विश्वव्यापी व्यापार र यात्रा अवरोध हटाउनु नै हाम्रो प्राथमिकता रहेको छ । विभिन्न देशका विभिन्न विश्वविद्यालयमा भर्नाका लागि आवेदन दिएका विधार्थीका निम्ति सहज यात्रा र आवागमन प्रदान गर्नु नै हाम्रो सर्वोच्च प्राथमिकता हो । भारत र विश्वका बीच भारतीय विद्यार्थी साँघुको रूपमा काम गर्छन् । उनीहरू समग्र अन्तर्राष्ट्रिय शिक्षा अनुभवको आनन्द उठाउन सकून् भनेर नै हामी सुनिश्चित गर्न चाहन्छौं ।’

गतिविधि अवरोध हटाई भारतीय विधार्थीलाई सहज यात्रा र आवागमन प्रदान गर्नु नै भारतको पहिलो प्राथमिकता रहेको विदेश सचिवले भनेका छन् ।

युरोपेली संघले भर्खरै ईयू डिजिटल कोभिड प्रमाणपत्रलाई मान्यता दिएको छ । यसलाई सामान्यतया हरित पास पनि भनिन्छ । कोभिड–१९ महामारीका बेला यसले स्वतन्त्र आवागमनलाई सहज बनाउँदछ ।

युरोपेली औषधि एजेन्सी अधिकृत खोप लगाएका व्यक्तिले यस नियमनअन्तर्गत यात्रा प्रतिबन्धमा छुट पाउनेछन् । साथै, राष्ट्रियस्तरमा वा डब्लुएचओद्वारा अधिकृत खोप प्रदान गर्ने सदस्य राष्ट्रले पनि यस प्रकारको छुट पाउनेछन् ।

ईयूको हरित पास संयन्त्रमा भारतलाई समावेश नगरेकोमा प्रश्न उठाइएको थियो । साथै, कोभिशिल्ड र कोभ्याक्सिन खोप लगाएका भारतीयहरूलाई यात्रा प्रतिबन्धमा छुटको साथसाथै को–बिन पोर्टलमार्फत जारी खोप प्रमाणपत्रको स्वीकृतिका लागि पारस्परिक माग गरिएको थियो ।

“हाम्रो प्रयासमा १७ वटा ईयू सदस्य राज्यहरू र स्विट्जरल्यान्डले कोभिशिल्डलाई मान्यता दिएको छ । तसर्थ, तिनले यात्रा प्रतिबन्ध हटाएका छन् र भारतीय विद्यार्थी र अन्य आवश्यक यात्रीहरूलाई प्रवेश अनुमति दिएका छन् । ‘विदेश सचिव हर्षवद्र्धन श्रृंगलाले भनेका छन् ।

‘राष्ट्रिय मान्यताप्राप्त खोप लगाएका व्यक्तिमाथि यात्रा प्रतिबन्ध हटाउन अन्य धेरै देश सहमत भएका छन् । यसअन्तर्गत इस्टोनिया र रोमानिया सामेल छन् । साथै, जर्मनी र फ्रान्सले हाल कोभिशिल्ड खोप लगाएमा पर्यटनसहित सबै प्रकारका भिसा जारी गर्दै छन् ।’

पश्चिमी युरोपको सन्दर्भमा, श्रींगलाले सबै प्रमुख गन्तव्य देशहरूले अब भारतीय विद्यार्थीहरूलाई यात्राको अनुमति दिइरहेको र प्राथमिकताका आधारमा भिसा जारी गरिरहेको बताएका छन् । बेलायत, आयरल्यान्ड, जर्मनी, नेदरल्यान्ड्स, बेल्जियम र लक्जम्बर्गमा पनि भारतीय विद्यार्थीका लागि यात्रामा सहजता प्रदान गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्