कोभिड–१९ लाई लिएर यौन सम्पर्कसम्बन्धी सल्लाह



न्युयोर्क, (एजेन्सी) ।

सुरक्षित यौन उपाय, सुरक्षित कोभिड–१९ र प्रभावकारी कोभिड–१९ खोपले हामीलाई आपसमा सुरक्षित सम्बन्ध, यौन र अन्य कुरा अघि बढाउन सकिने अमेरिकाको न्युयोर्कस्थित स्वास्थ्य निकायको परामर्श तथा निर्देशिका सूचीमा उल्लेख गरिएको छ । यी कुरालाई गम्भीरतापूर्वक पालना गरी आफू र आफ्नो यौन पार्टनरलाई कोभिड–१९ बाट बचाउन सकिने बताइएको छ । संक्रमित र्‍याल, म्युकस वा श्वाससँगै निस्कने वाष्पीय कणहरू नाक, मुख र आँखाबाट स्वस्थ व्यक्तिका शरीरमा प्रवेश गर्दछन् ।

यौन सम्पर्कका बेला नजिक बसेर लामो लामो श्वास फेरिने र र्‍याल संसर्गमा आउने हुनाले पनि भाइरस सर्न सक्छ । कोभिड–१९ संक्रमित व्यक्तिको वीर्यमा पनि भाइरस भेटिएको देखिए पनि वीर्य वा योनी श्रावमार्फत भाइरस सरेको प्रमाण छैन । अनुसन्धानकै क्रममा संक्रमित व्यक्तिको दिसामा पनि भाइरस पाइए तापनि दिसाबाट भाइरस सर्ने सम्भावना पनि निकै न्यून रहेको विशेषज्ञहरूको दाबी रहेको छ । यौन

सम्पर्क र दिसा मुखसम्म पुग्न सक्ने क्रियाकलापबाट भाइरस सर्न सक्छन् कि सक्तैनन् भन्नेबारे थप अनुसन्धान हुनु जरुरी रहेको बताइएको छ । तर, यौन सम्पर्कको दौरान संक्रमित नहुने एउटा उपायका रूपमा खोप लिनुलाई लिइएको छ । कोभिड–१९ खोपले शयन कक्षदेखि बाहिरसम्म सुरक्षा प्रदान गर्दछ । आफू र आफ्नो यौन पार्टनरलाई कोभिड–१९ बाट बिरामी, अस्पतालमा भर्ना र मर्नबाट जोगाउनका लागि खोप सर्वोत्कृष्ट उपाय हो । सिंगल डोज खोप वा दोश्रो डोज लिएको कम्तिमा दुई सातापछि बिना मास्क डेटिङमा जान र यौन सम्पर्क राख्न सकिने सो निर्देशिकामा उल्लेख गरिएको छ ।

यसैगरी, यौन सम्पर्क राख्नुअघि र पछि पनि शारीरिक लक्षणहरूको ख्याल राख्नुपर्ने, यौन सम्पर्क राख्ने कोठा वा स्थान खुल्ला हावा चल्ने हुनुपर्ने, स्यानिटाइजरको प्रयोग गरिनुपर्ने तथा यौन पार्टी जमघटबाट टाढै रहनुपर्ने पनि जनाइएको छ ।

यसको अलावा भिडियो डट, सेक्सिटिंग, सेक्सी जुम पार्टी वा च्याट रुममार्फत भर्चुअल्ली सेक्सको आनन्द लिन तथा अपरिचित र विश्वास नभएका व्यक्तिसँग चुम्बन गर्न तथा खोप लगाइसके पनि यौन सम्पर्क गर्दा सकेसम्म मास्कै लगाउन सल्लाह दिइएको छ ।

यसैगरी, यौन सम्पर्क राख्दा पर्खालमा अडेस लगाउने, सकेसम्म मुखामुखको आसनमा नबस्न, सँगै बसेर हस्तमैथुन गर्न, मौखिक र गुद्वार मैथुनको क्रममा वीर्य, र्‍याल र दिसाको कारण संक्रमित हुनबाट जोगिन कन्डम प्रयोग गर्न, यौन अघि र पछि यौनाङ्गहरू सफा गर्न, यौन खेलौनाहरू पनि तातो पानी र साबुनले सफा गर्न निर्देशिकामा उल्लेख गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्