काँक्रो देख्नासाथ बिरालोको सातो किन जान्छ



लन्डन ।

अचेल मानिसहरूले आफ्ना पाल्तु बिरालोले काँक्रो देखेर अत्तालिएका भिडियोहरू सार्वजनिक गरिरहेका छन् । त्यस्ता भिडियोमा खाना खाइरहेका बिरालोका पछाडि एक टुक्रा काँक्रो राखिदिँदा तिनीहरू अत्तालिएका र केही बिरालो तर डरले तिनीहरू बेस्सरी उफ्रिएका देखिन्छन् । चर्चित एप रेडिटमा ‘क्युकम्बर्स स्केरिङ क्याट्स’ नामक सबरेडिटमा युजरहरूले आफ्नो बिरालोलाई तर्साएको भिडियोहरू पोस्ट गरेका छन् ।

जनावरहरूको आनीबानी सम्बन्धित आधिकारिक विशेषज्ञ जिल गोल्डम्यानले नेसनल जियोग्राफिकलाई बताएकी छन्– ‘काँक्रोले बिरालोलाई प्राकृतिकरूपमा निकै सचेत पार्ने गरेको छ, र तिनीहरू आफूलाई असुरक्षित ठानेर एक मिटर पर उफ्रेर जाने गरेका छन् । शायद तिनीहरूले काँक्रोलाई डरलाग्दो र खतरनाक सर्प ठान्ने गर्दछन् ।’

यसैगरी, ‘थिंक लाइक अ क्याट’ नामक पुस्तकका लेखक पाम जोहन्सन बेन्नेटले पनि बिरालोले आफ्नो वरपरका स्थान प्रायशः आफ्नो सुरक्षासँग सरोकार राख्ने भएकाले पनि खाना खाने स्थाननजिक काँक्रो देख्दा तिनीहरू दिग्भ्रमित भएको हुनसक्ने बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्