भारत र रुसका सुरक्षा अधिकारीहरूबीच अफगानिस्तानबारे छलफल



इन्डिया न्युज नेटवर्क ।

परम्परागत आपसी सहयोगी मुलुक भारत र रुसबीच एक समन्वयको निर्माण भएको देखिन्छ । रुसको भ्रमणमा रहेका भारतीय उपराष्ट्रिय सुरक्षा सल्लाहकार पंकज सरनले अफगानिस्तानको स्थितिबारे चर्चा गरेका छन् ।

सरनले बिहीबार रुसी उप–विदेशमन्त्री इगोर मोर्गुलोभसँग भेट गरेका थिए र अफगानिस्तानलगायत अन्य मुद्दाहरूमा छलफल गरेका थिए ।

‘दि एनएसए अम्ब. पंकज सरन र रुसी उप विदेशमन्त्री इगोर मोर्गुलोभको भेट । दुवै पक्षबाट विशेष र विशेषाधिकार प्राप्त रणनीतिक साझेदारीको शक्तिको समर्थन । अफगानिस्तानबारे पनि चर्चा । ‘रुसस्थित भारतीय दूतावासको ट्विटमा भनिएको छ ।

सरनले रुसी राष्ट्रिय सुरक्षा परिषद्का सचिव निकोलाई पत्रुसेभ र उपसचिव अलेक्जेन्डर बेनेदिक्तोभसँग द्वीपक्षीय भेटवार्ता गरेका थिए ।
मस्कोस्थित भारतीय दूतावासले ट्विटमा भनेको छ– ‘मस्कोमा डी एनएसए अम्ब. पंकज सरनको भ्रमण, रुसी रक्षा विभागका सचिव एच ई निकोलाई पत्रुसेभ र रुसी रक्षा विभागका उप–सचिव एच ई अलेक्जेन्डर भेनेडिक्टोभसँगको भेटमा क्षेत्रीय र अन्तर्राष्ट्रिय मुद्दालगायत अफगानिस्तानको स्थितिबारे पनि चर्चा भएको छ ।“

रिपोर्टका अनुसार मस्कोका लागि भारतका राजदूत बी वेंटकेश बर्मा र राष्ट्रिय सुरक्षा परिषद् सचिवालय (एनएससीएस) का अधिकारीहरू पनि बैठकमा सहभागी थिए ।

यस साताको शुरूमा, सचिव पत्रुसेभले रुसको इजभेस्तिया दैनिकलाई अफगानिस्तानको स्थिति वार्ताको माध्यमबाट समाधान हुनुपर्ने बताएका थिए ।

उनका अनुसार रुस अफगानिस्तानको सम्बन्धमा राजनीतिक र कूटनीतिक प्रयासमा केन्द्रित हुनेछ र एक अन्तर–अफगानी वार्ता र देशमा अवस्थित समस्याहरूको एक शान्तिपूर्ण समाधानका लागि मार्ग खोजी गरिनेछ ।

मस्कोले सुरक्षा परिषद, सैन्य र अफगानिस्तान नजिकै रहेका देशहरूसँग सम्पर्क स्थापित गरेको छ । विशेष गरी ताजिकिस्तान र उज्वेकिस्तान, साथ–साथै चीन, इरान, भारत र पाकिस्तानसँग सम्पर्क गरिएको पत्रुसेभले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्