डायनाको विवाहको केक महँगो दाममा लिलाम



लन्डन, (एजेन्सी) ।

यस शताब्दीकै सबैभन्दा चर्चित तथा विश्वका सबैभन्दा बढी मानिसले हेरेको बेलायतका युवराज्ञी डायना र युवराज चाल्र्सबीचको विवाहमा प्रयोग गरिएको ऐतिहासिक केकको एक टुक्रा हालै २ हजार ५ सय अमेरिकी डलरभन्दा बढी मूल्यमा लिलाम भएकोे छ । फाइन आर्ट र प्राचीन कला कृतिका वस्तुहरूमाथि विशिष्टता प्राप्त बेलायतस्थित ‘डोमिनिक विन्टर’ नामक लिलाम गृहले संग्रहनीय उक्त केकको टुक्रा अधिकतम ६ सय ९७ डलरमा लिलाम हुन सक्ने अनुमान गरेको थियो ।

तर, मंगलबार भएको लिलाम बढाबढमा बेलायती शहर लिड्स निवासी निजी संग्रहकर्ता गेर्री लेटनले २ हजार ५ सय ६५ डलरमा त्या केक खरिद गरेका थिए । सन् १९८१ को २९ जुलाईमा प्रिन्स चाल्र्स र लेडी डायना स्पेन्सरबीचको विवाहका लागि प्रयोग गरिएको २३ थरी औपचारिक केकमध्ये एक यसलाई प्लास्टिकमा पोका पारेर टिनमा चिस्याएर राखिएको थियो ।

प्रतिक्रिया दिनुहोस्