अफगानिस्तान संकट : के पाकिस्तानमाथि प्रतिबन्ध लगाउनु समयको आवश्यकता हो ?



इन्डियन न्युज नेटवर्क ।

गत साता एक पत्रकार सम्मेलनमा पाकिस्तानका सूचना मन्त्रीसँगै राष्ट्रिय सुरक्षा सल्लाहकार, मोइद युसुफ पनि उपस्थित थिए । उनले त्यस समय सामाजिक सञ्जालमा व्यापकरूपमा फैलिएको ‘पाकिस्तानमाथि प्रतिबन्ध लगाऊ’का लागि भारत र अफगानिस्तानलाई दोष दिएका थिए ।

मोइदले भने– ‘अफगानिस्तान सरकारले जानाजानी पाकिस्तानलाई बलिको बकरा बनाउन खोजिरहेको छ । पाकिस्तानलाई बदनाम गर्न अफगानिस्तान र भारतीय खाताको प्रयोग भइरहेको छ ।’

उनले थपे–‘अफगानिस्तानको असफलताको लागि पाकिस्तानलाई दोष दिने प्रयास जारी छ । तालिवानको आक्रमण बढ्दै जाँदा यसको लागि पाकिस्तानमाथि दोष थोपर्ने अभियान नै चलेको छ ।’

यसअघि, फवाद चौधरीले भारत र अफगानिस्तानको नेतृत्वलाई विश्वव्यापीरूपमा पाकविरोधी भावना फैलाएको आरोप लगाएका थिए । अफगानिस्तानमा तालिवानको कब्जापछि देशमा चरम मानवअधिकार उल्लंघन र अत्याचार बढ्नेछ जसको लागि पाकिस्तान जिम्मेवार ठहरिनेछ ।

चाखलाग्दो कुरा के छ भने पाकिस्तानलाई प्रतिबन्ध गर’ ट्विटको लगभग २२% हिस्सा पाकिस्तान भित्रबाटै भएको थियो । जसका लागि पाकिस्तानी नेतृत्वले पाश्तुन तहफुज आन्दोलन (पिटिएम) लाई दोष दिइएको छ । पाश्तुन आन्दोलनले जबर्जस्ती बेपत्ता बनाउने कार्यको तत्काल अन्त्यको माग गरिरहेको छ ।

पाकिस्तानका सूचनामन्त्री फवाद चौधरीले भने– ‘भारतले पाकिस्तानविरुद्ध सबैभन्दा बढी रुझान लिएको छ र भारतलाई सहयोग गर्ने सबैभन्दा ठूलो पक्ष पीटीएम र यसका कार्यकर्ता हुन् ।’ सूचना तथा सञ्चार मन्त्रालयको ‘राज्यविरोधी प्रवृत्तिहरूमा गहिरो विश्लेषणात्मक रिपोर्ट’ नामक पत्रकार सम्मेलनमा युसुफले यस्तो टिप्पणी गरेका हुन् ।

यस प्रतिवेदनमा सन् २०१९ देखि २०२१ सम्म सामाजिक सञ्जालमा पाकविरुद्ध भएका गतिविधिको आँकलन गरिएको थियो । जसको लागि भारतलाई जिम्मेवार ठह¥याइएको छ ।

वर्तमान समयमा चलिरहेको विश्वव्यापी पाकिस्तानविरोधी शैलीले पाकिस्तानी सेनाको बदनाम गर्न खोजेको, देशलाई एफएटीएफ ग्रे सूचीमा नै राखिराख्न खोजेको र वर्तमान अफगान स्थितिको लागि पाकिस्तानलाई जिम्मेवार ठहराउन खोजेको पाकिस्तानी नेतृत्वको दाबी छ ।

पाकिस्तानका अनुसार अफगानिस्तानका सरकारी अधिकारीहरूले सामाजिक सञ्जालमा पाकिस्तानले तालिवानलाई समर्थन गरेको आरोप लगाएका थिए । अफगानिस्तानको रक्षा मन्त्रालयले नियमितरूपमा अफगानिस्तानमा पक्राउ परेका पाकिस्तानी नागरिकहरूको फोटो र कब्जा गरिएका आतंककारीहरूको आफूहरूले पाकिस्तानमा प्रशिक्षण पाएको भन्ने बयान प्रकाशित गर्दै आएको थियो ।

‘पाकिस्तानी प्रतिबन्ध’ले इस्लामावादको विश्वव्यापी प्रतिष्ठामा असर पारेको छ । जसका कारण तिनका वरिष्ठ मन्त्रीहरू यस विषयमा बहस गर्न बाध्य बनेका छन् ।

यसै क्रममा पाकिस्तानी विदेशमन्त्री एसएम कुरैशी एक टेलिभिजन बहसमा भाग लिएका थिए । सो क्रममा उनले यस प्रवृत्तिलाई अगाडि बढाएकोमा अफगानलाई प्रश्न गरेका थिए । उनले अफगान शरणार्थीहरूलाई पाकिस्तानको समर्थन रहेकोमा जोड दिएका थिए । महामारीको चरम अवस्थामा पनि पाकिस्तानले सिमाना खुला राखेकोमा पनि उनले जोड दिएका थिए ।

अपेक्षित रूपमा उनले यसका लागि भारतलाई दोष दिए । ‘पाकिस्तानी प्रतिबन्ध’का कारण अफगान प्रवासीहरूले विश्वव्यापीरूपमा पाकिस्तानको विरोध गरे । वासिङ्टन डिसी, ब्रसेल्स, डेनमार्क, बेलायत, जर्मनी र स्विडेनमा विरोध प्रदर्शन भएको थियो ।

अफगानिस्तानको वर्तमान स्थितिका लागि पाकिस्तान जिम्मेवार रहेको विश्वव्यापी विश्वास छ । अमेरिका र अन्य सरकारले तालिवानलाई वार्तामा आउन र हिंसा घटाउन पाकिस्तानलाई दबाब दिइरहेका बेला पाकिस्तानले अफगान सशस्त्र बलले तालिवानलाई रोक्न असफल भएको आरोप लगाएको छ ।

पूर्व क्यानेडियन मन्त्री र कूटनीतिज्ञ क्रिस अलेक्जेन्डरले एक ट्विटमा भनेका छन्, ‘यो ट्विटरमा ह्यासट्याग ट्रेन्ड मात्र हैन । यसले अफगानिस्तान, पाकिस्तानी र अन्य धेरै राज्यका नागरिकहरूको शान्तिपूर्ण तरिकाले बाँच्न पाउने इच्छाको प्रतिनिधित्व गरेको छ । यसले आक्रमण, प्रोक्सी युद्ध र आतंकवाद मुक्त विश्वको चाहना झल्काएको छ ।

उनले थपे–‘अफगानिस्तानमा पाकिस्तानको हस्तक्षेप संयुक्त राष्ट्र चार्टरको अध्याय सातअन्तर्गत सशस्त्र हमला र आक्रामकताको कार्यअन्तर्गत पर्दछ । अन्तर्राष्ट्रिय समुदायले अन्तर्राष्ट्रिय कानुन र नियमहरूमा आधारित अन्तर्राष्ट्रिय व्यवस्था कायम राख्न अनुच्छेद ४१ वा ४२ अन्तर्गत कारबाही गर्नुपर्छ ।’

दक्षिण एसियाकी विशेषज्ञ क्रिस्टिन फेयरले ट्विट गरेकी छिन्, ‘यदि तपाईं अफगानिस्तानका बारे विचार गर्नुहुन्छ र त्यहाँका नागरिकले पाकिस्तानी लडाकुको हातबाट भोग्नुपरेको हत्या र हिंसाको विरोध गर्न चाहनुहुन्छ भने तपार्इंले अवश्य केही गर्न सक्नुहुन्छ । ‘पाकिस्तानमाथि प्रतिबन्ध ।’

तालिवानलाई पाकिस्तानको समर्थन, एलईटी र जेईएमसहित यसका स्वामित्वमा रहेका आतंकवादी समूहका आतंकवादीहरूलाई तालिवानसँग लड्न प्रोत्साहित गर्नु, यो तथ्य जगजाहेर छ । घाइते तालिवान लडाकुहरूको पाकिस्तानी अस्पतालमा उपचार भइरहेको समाचार पनि आइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्