कायो जोर्ज युभेन्ट्समा अनुबन्धित



लन्डन, (एजेन्सी) ।

इटालियन क्लब युभेन्ट्सले ब्राजिलका युवा स्ट्राइकर कायो जोर्जलाई अनुबन्ध गरेको छ ।

युभेन्ट्सले कायोलाई ब्राजिलियन क्लब सान्तोसबाट अनुबन्ध गरेको हो । १९ वर्षे स्ट्राइकर कायोले युभेन्ट्ससँग पाँच वर्षको लागि सम्झौता गरेका छन् । कायोलाई युभेन्ट्सले २१ नम्बरको जर्सी दिएको छ । १० वर्षको उमेरमा सान्तोसको एकेडेमीमा आएका उनले २०१८ मा सिनियर टोलीमा डेब्यु गरेका थिए । कायोले ब्राजिलको यू–१५ र यू–१७ टोलीबाट खेलिसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्