बालकको अनुहारमा टाटु खोप्नेलाई गिरफ्तार



वासिङ्टन, (एजेन्सी) ।

अमेरिकाको साउथ क्यारोलिना निवासी एक पुरुषलाई म्याकडोनाल्ड रेस्टुरेन्टमा एक बालकको अनुहारमा टाटु खोपेको अभियोगमा प्रहरीले गिरफ्तार गरेको छ । साउथ क्यारोलिनाको लरेन्स निवासी २८ वर्षीया ब्रान्डन प्रेसालाई एक नाबालकलाई अवैध तरिकाले टाटुको खोपेको आरोप लगाइएको फोक्स क्यारोलिनाले जनाएको छ । सोही रेस्टुरेन्टमा खान आएका एक व्यक्तिले उनले बालकको अनुहारमा टाटु खोपिरहेको भिडियो खिचेर फुटेज सामाजिक सञ्जालमा पोस्ट गरेका कारण उनी सजिलै पक्राउ परेको प्रहरीले जनाएको छ ।

अनुसन्धानकर्ताले प्रेसा अनुमति–पत्र नभएको टाटु कलाकार भएको तथ्यांक पनि पत्ता लगाएका छन् । म्याकडोनाल्डसले आफ्नो रेस्टुरेन्टमा भएको यस अप्रिय घटनाप्रति क्षमायाचना गर्दै आफ्नो रेस्टुरेन्टको सबैभन्दा महत्वपूर्ण कुरा भनेको ग्राहक र कर्मचारीहरूको सु–स्वास्थ्य र सुरक्षा रहेको फोक्स न्युजलाई बताएको छ ।

प्रेसा २५ हजार अमेरिकी डलर जमानतमा हिरासतमुक्त भएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्