भर्चुअल मिटिङमा कैदीलाई स्तन देखाउने महिला आफैंं जेलमा



वासिङ्टन, (एजेन्सी) ।

अमेरिकाको फ्लोरिडा निवासी एक महिलालाई गत साता कारागारमा थुनिएका एक कैदीसँगको भर्चुअल मिटिङमा हदै नाघेर रमाइलो गरेको कारण आफैंं जेल परेकी छन् । पुन्टा गोर्डा निवासी ३८ वर्षीया ड्यानिएल्ले फेर्रेरोले गत ८ अगस्टमा चार्लोटे काउन्टी जेलको औपचारिक भेटघाट केन्द्रमा भिडियो कल गरेर एक कैदीसँग कुरा गरेको प्रहरीले जनाएको छ ।

जेल प्रशासनले जारी गरेको एक विज्ञप्तिमा भनिएको छ, ‘फेर्रेरो र ती कैदीबीच करिब एक घन्टासम्म अश्लिल यौनवार्ता भएको थियो । त्यसपछि उनले भिडियोमै भेटघाट केन्द्र भवनको भित्ता छुन थालिन् ।

भिडियो वार्ताको क्रममा केही समय उनले बसेकै सिटमा जिउलाई अगाडि–पछाडि हल्लाउँदै हस्तमैथुन गरेको हाउभाउ देखाएकी थिइन् । त्यसैगरी, वार्ता सकिन लागेका बेला उनले तीनपटक आफ्नो कमिज माथि सार्दै ती कैदीलाई आफ्नो स्तन देखाएको पाइएको छ ।’

यस घटनाको केही दिनपछि प्रहरीले फेर्रेरोलाई सार्वजनिकस्थलमा यौनाङ्ग प्रदर्शन गरेको र सामुदायिक मर्यादा तोडेको अभियोगमा गिरफ्तार गरेको थियो । उनलाई केही समय त्यहीँजेलमा थुनिएको र पछि छाडिएको अनलाइन जेल रेकर्डले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्