फरक-फरक विद्युत् महशुलको तयारी



नेपाल समाचारपत्र, काठमाडौं । 

विद्युत्को खपत वृद्धि गर्नका लागि सरकारले फरक–फरक विद्युत् उपभोक्ता महशुल लागू गर्ने तयारी गरेको छ । नेपाल विद्युत प्राधिकरणको ३६औं वार्षिकोत्सवको अवसरमा मंगलबार आयोजित कार्यक्रममा ऊर्जा, जलस्रोत तथा सि“चाइमन्त्री पम्फा भुसालले सो जानकारी दिनुभएको होमन्त्री भुसालले भन्नुभयो–‘आन्तरिक खपत बढाउन वर्षायाम र सुख्खायामको लागि फरक–फरक विद्युत् महशुल निर्धारण गर्ने र धेरै विद्युत् खपत गर्ने ग्राहकलाई महशुलमा सुविधा दिने निर्णय भइसकेको छ, साथै आन्तरिक खपतपश्चात बढी विद्युत् निर्यात गर्ने प्रबन्ध मिलाउन जरुरी छ । ’ दुई वर्षभित्र पूर्ण विद्युतीकरण गर्ने लक्ष्यलाई सकेसम्म समय अगावै सम्पन्न गर्न कार्ययोजनासहित लाग्न प्राधिकरणलाई निर्देशन दिंदै भुसालले ‘विदेशी ग्यास छोडौं, स्वदेशी बिजुली जोडौं’ भन्ने नाराका साथ विद्युतीय चुलोको प्रयोग बढाउ“दै लैजाने योजनालाई सहयोग गर्न आग्रह गर्नुभयो ।

‘नेपालको पानी जनताको लगानी’ कार्यक्रमअन्तर्गत १०६० मेगावाट क्षमताको माथिल्लो अरुण, ४१० मेगावाट क्षमताको चैनपुर सेती, १०० मेगावाटको तामाकोशी पा“चौ तथा कर्मचारीको लगानीमा ६० मेगावाटको अपर मोदी जलविद्युत् आयोजनालाई निर्माणमा लगिने मन्त्री भुसालले बताउनुभयो । उहा“ले बुटवल–गोरखपुर, केरुङ–रातमाटे जस्ता अन्तरदेशीय र पूर्व–पश्चिम, उत्तर–दक्षिण जोड्ने ४०० केभीका प्रसारण लाइनको निर्माण गरी उत्पादित विद्युत् खेर नजाने साथै छिमेकी देशमा समेत विद्युत् व्यापारको ढोका खोल्ने कार्य गर्न जरुरी रहेको उल्लेख गर्नुभयो ।कार्यक्रममा ऊर्जा, जलस्रोत एवम् सि“चाइ मन्त्रालयका सचिव देवेन्द्र कार्कीले स्वदेशी लगानीमा निर्माण भएको ४५६ मेगावाटको माथिल्लो तामाकोसीबाट पाठ सिक्दै १०६१ मेगावाटको माथिल्लो अरुण जलविद्युत् आयोजनाको निर्माण तत्काल अगाडि बढाउनुपर्ने बताउनुभयो ।

विद्युत् नियमन आयोगका अध्यक्ष दिल्लीबहादुर सिंहले चुहावट नियन्त्रण, सुशासन कायम गर्न, विद्युत् खपत बढाउन, अर्धजलाशययुक्त तथा जलाशययुक्त ठूला आयोजना निर्माणको नेतृत्व गर्न प्राधिकरणलाई निर्देशन दिनुभयो ।प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले विद्युत् उत्पादनदेखि वितरणसम्मको प्रणाली अनुगमन, नियन्त्रण र व्यवस्थापनमा स्वचालित प्रणालीको प्रयोगमार्फत सञ्चालन लागत घटाई ग्राहकलाई उत्कृष्ट सेवा प्रदान गरिने बताउनुभयो । विद्युत् माग र खपत वृद्घिस“गै वितरण प्रणालीको समेत विस्तार र सुदृढीकरण गर्नुपर्ने भएकोको उल्लेख गर्दै घिसिङले यस्ता कार्यलाई समेत प्राथमिकताका साथ अघि बढाइने जानकारी दिनुभयो ।‘माथिल्लो तामाकोसी जलविद्युत् आयोजनालगायतका आयोजनाबाट उत्पादित विद्युत् बिक्रीको लागि बजार व्यवस्थापन कार्य चुनौतीपूर्ण रहेको छ, उत्पादित विद्युत्को स्वदेशमा नै खपत गर्न तथा बढी भएको विद्युत् अन्तर्देशीय बजारमा बिक्री गर्न आवश्यक प्रबन्ध मिलाइने छ,’ उहा“ले भन्नुभयो ।

‘स्वदेशमै विद्युत खपत वृद्धि गर्न सके उत्पादित विद्युत्को उपयोग मात्र हुने नभई देशको आर्थिक र सामाजिक विकासमासमेत सकारात्मक प्रभाव पर्छ, त्यसैले विद्युत् खपत वृद्धिको पूर्वाधार निर्माण, ग्रामीण विद्युतीकरण, कृषि, सि“चाइ र औद्योगिक वर्गका ग्राहकको महशुलमा पुनरावलोकन, विद्युतीय सवारी साधनको प्रयोग र विद्युतीय चुलोको उपयोग गर्न र तदनुरुप जनचेतना अभिवृद्धि गर्ने समेतका कार्य प्रभावकारी रुपमा सञ्चालन गरिनेछ ।’ स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इपान)का अध्यक्ष कृष्ण आचार्यले विद्युत् खपत बढाउने बृहत् कार्यक्रममा कार्यान्वयन गर्न, प्रसारण लाइनको निर्माणलाई तीव्रता दिन सुझाव दिनुभयो ।

प्राधिकरणको नाफा ५० प्रतिशतले घट्यो

नेपाल विद्युत प्राधिकरणले आव २०७७-७८ मा विद्युत बिक्रीबाट कुल ७१ अर्ब २८ करोड आम्दानी भएको छ । जुन आव २०७६-७७ को ७६ अर्ब ३१ करोडको तुलनामा ६ दशमलव ५९ प्रतिशतले न्यून रहेको छ । आव २०७७-७८ मा प्राधिकरणको सञ्चालन खर्च अघिल्लो आर्थिक वर्षको ६१ अर्ब ८७ करोडको तुलनामा १० दशमलव ९६ प्रतिशतले वृद्घि भई ६८ अर्ब ४५ करोड पुगेको छ । विद्युत् खरिदवापत आव २०७७-७८ मा ४१ अर्ब ४६ करोड खर्च भएको छ । जुन आव ७६-७७ को खरिद ३५ अर्ब १२ करोडभन्दा १८ दशमलव शून्य ५ प्रतिशतले बढी रहेको छ । आव २०७७-७८ मा प्राधिकरणको अन्य आम्दानीसहितको खुद आम्दानी ८० अर्ब ३५ करोडमा सञ्चालन खर्च ६८ अर्व ६४ करोड कट्टा गर्दा हुन आउने सञ्चालन मुनाफा ११ अर्ब ७१ करोड रहेको छ । यो सञ्चालन नाफा आव २०७६-७७ को २३ अर्ब ७४ करोडको तुलनामा ५० दशमललव ६७ प्रतिशतले कम हो ।गत आवमा कर अघिको मुनाफा ६ अर्ब रहेको छ, जुन आव २०७६-७७ को १३ अर्ब २७ करोडको तुलनामा ५४ दशमलव ७३ प्रतिशतले कम हो । साथै आव २०७६-७७ को कर पछिको खुद मुनाफा ११ अर्ब ६८ करोड रहेकोमा गत आवमा ३ अर्ब ५१ करोडद अर्थात् ६९ दशमलव ९४ प्रतिशतले कम रहेको छ । प्रणालीमा उपलब्ध विद्युतमा खरिदको हिस्सा ६८ दशमलव ३४ प्रतिशत रहेको छ । विद्युत् बिक्रीवापत प्राप्त आम्दानीकोे ५८ दशमलव ८३ प्रतिशत रकम विद्युत खरिदमा खर्च भएको छ । आव २०७६-७७ को तुलनामा प्राधिकरणको उत्पादन घटेको र विद्युत आयात बढ्न गएकोले आव २०७७-७८ मा विद्युत् खरिद बापतको खर्चमा १८ दशमलव शून्य ५ प्रतिशतले वृद्घि भएको छ ।

आव २०७७-७८ मा प्राधिकरणका जलविद्युत् गृहबाट २ अर्ब ८१ करोड युनिट विद्युत् उत्पादन भएको छ । यो आव २०७६-७७ को उत्पादन ३ अर्ब २ करोड युनिटको तुलनामा ६ दशमलव ९६ प्रतिशतले कम हो । आव २०७६-७७ मा निजी क्षेत्रका विद्युत गृहहरूबाट २ अर्ब ९९ करोड युनिट विद्युत् प्राप्त भएकोमा गत आवमा ८ दशमलव ३६ प्रतिशतले बढ्न गई ३ अर्ब २४ करोड युनिट प्राप्त भएको छ । यस्तै आव २०७६-७७ मा भारतबाट १ अर्ब ७३ करोड युनिट विद्युत् खरिद गरिएकोमा ऊर्जाको माग बढेको र प्राधिकरणको उत्पादन घटेको कारणले गत आवमा ६३ दशमलव ४५ प्रतिशत बढी अर्थात् २ अर्ब ८२ करोड युनिट विद्युत् खरिद गरिएको छ ।गत आवमा प्रणालीमा ८ अर्ब ८७ करोड युनिट घन्टा विद्युत् उपलब्ध भयो । जुन, आव २०७६-७७ मा ७ अर्ब ७४ करोड युनिटको तुलनामा १४ दशमलव ६८ प्रतिशत बढी होे । कुल उपलब्ध ऊर्जामध्ये प्राधिकरणका विद्युत गृहको योगदान ३१ दशमलव ६६ प्रतिशत रह्यो भने आयातित र निजी क्षेत्रबाट किनिएको विद्युत्को योगदान क्रमशः ३१ द्यशमलव ८३ प्रतिशत र ३६ दशमलव ५१ प्रतिशत रहेको छ । आव २०७७-७८ मा कुल विद्युत खपत ७ अर्ब ३१ करोड युनिट रहेको छ । जुन आव २०७६-७७ को ६ अर्ब ५२ करोड ९० लाख युनिटको तुलनामा १२ प्रतिशतले बढिरहेको छ । उता, आव २०७७-७८ मा विद्युत चुहावट १७ दशमलव १८ प्रतिशत रहेको छ, जुन आव ७६-७७ को तुलनामा १ दशमलव ९१ प्रतिशतले बढी हो ।

प्रतिक्रिया दिनुहोस्