भूकम्पमा मर्नेको संख्या कम्तिमा १३ सय पुगे



FILE PHOTO: A view shows houses destroyed following a 7.2 magnitude earthquake in Les Cayes, Haiti August 14, 2021. REUTERS/Ralph Tedy Erol NO RESALES. NO ARCHIVES/File Photo

पोर्ट औ प्रिन्स, (एजेन्सी) ।

क्यारेबियन मुलुक हाइटीमा शनिबार आएको ७ दशमलव २ रेक्टर स्केलको भूकम्पको कारण मर्नेहरूको आधिकारिक संख्या कम्तिमा १ हजार २ सय ९७ पुगेको सरकारी अधिकारीहरूले सोमबार पुष्टि गरेका छन् । उद्धारकर्मीहरू अहिले पनि भग्नावशेषबाट जीवित व्यक्ति निकाल्ने काममा व्यस्त र जारी रहेका छन् । यस शक्तिशाली भूकम्पमा आवासीय भवन, चर्च र विद्यालय भवनहरू ध्वस्त भएका छन् । घाइतेहरूको चाप बढेकाले केही अस्पतालमा औषधिलगायत आवश्यक वस्तुहरूको अभाव हुन थालेको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् ।

सरकारी अधिकारीहरूका अनुसार अज्ञात संख्यामा अझै मानिसहरू हराइरहेका छन् भने करिब ५ हजार ७ सय जना घाइते भएका छन् । गत महिना मात्र राष्ट्रपतिको हत्यापछि राजनीतिक अस्थिरता छाएको गरिब मुलुक हाइटीलाई यस भूकम्पले झनै शिथिल बनाइदिएको छ । प्रधानमन्त्री एरियल हेनरीले एकमहिने संकटकाल स्थितिको घोषणा गर्दै जनतालाई ऐक्यबद्धता प्रदर्शन गर्न आह्वान गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्