विस्फोटपछि प्रधानमन्त्रीको घरमा हमला



बेरुत, (एजेन्सी) । 

पेट्रोल टैंक विस्फोटनमा २७ जना मानिसको ज्यान जानुका साथै अन्य ७९ जना घाइते भएपछि प्रदर्शनकारीहरूले आइतबार लेबनानका प्रधानमन्त्रीको निवासमा आक्रमण गरेका छन् । दर्जनौं प्रदर्शनकारीले प्रधानमन्त्री नाजिव मिकातीको राजीनामाको माग गर्दै उनको घरमा ढुंगामुढा गरी प्रहरीसँग मुठभेट गरेका छन् ।

मिकातीले आफूले पीडित व्यक्तिका मनोभावना बुझेको, तर यस्ता गुन्डागर्डी आफूलाई अस्वीकार्य भएको बताएका छन् । सेनाका अनुसार कालो बजारबाट जफत गरिएको पेट्रोल अक्कार क्षेत्रमा वितरण गर्ने क्रममा टैंकर विस्फोट भएको हो ।

विस्फोटनका कारण भने स्पष्ट भइसकेको छैन । दुर्घटनाका बेला टैंकर वरपर थुप्रो भिड रहेको बताइएको छ । यस घटनालाई लिएर सोमबार शोक दिवस घोषणा गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्