लेबनानमा तेल ट्यांकर बिस्फोट हुँदा २८ जनाको मृत्यु



एजेन्सी ।

लेवनानको उत्तरी क्षेत्रमा पेट्रोलियम पदार्थ राखिएको ट्याङ्की विस्फोटन हुँदा कम्तीमा २८ जनाको मृत्यु भएको छ । देशको उत्तरी क्षेत्रमा पर्ने अक्कर जिल्लाको टिलैल भन्ने ठाउँमा घटना भएको हो ।

सैनिकले सर्वसाधारण उपभोक्तालाई तेल बिक्री वितरण गरिरहेका बेला ट्याङ्की विस्फोट भएको एक सैन्य अधिकारीले जनाएका छन् ।दुर्घटनामा परी ७९ जना घाइतेसमेत भएका  छन् । घाइते भएकाहरुको विभिन्न अस्पतालमा उपचार भइरहेको अधिकारीहरुले जानकारी दिएका छन्  ।

प्रतिक्रिया दिनुहोस्