राष्ट्रपति भवन कब्जा गरेसँगै अफगानिस्तानमा युद्ध सकिएको तालिवानको घोषणा (तस्वीरसहित)



एजेन्सी ।

काबुलस्थित राष्ट्रपति भवन कब्जा गरेका तालिवान विद्रोहीले अफगानिस्तानमा युद्ध सकिएको घोषणा गरेका छन् । देशभर कब्जा गर्दै आइरहेको तालिवानसँग सत्ता साझेदरीका लागि वार्ता भइरहँदा आइतबार राष्ट्रपति अशरफ गानीले देश छाडेर भागेका थिए ।

गानी देश छाडेर भागेसँगै तालिवानले आइतबारनै काबुलस्थित राष्ट्रपति भवन कब्जा गरेको थियो । राष्ट्रपति भवन छिरेसँगै तालीवानले राष्ट्रपति कार्यालयको कुर्सीमा बसेर विभिन्न तस्बिरहरू सार्वजनिक समेत गरेको छ । तालिबानका एक प्रवक्ताले अलजजिरासँग भनेका छन्, ‘अफगानिस्तानमा युद्ध सकिएको छ । हाम्रो देशको मुक्ति र हाम्रा जनताको स्वतन्त्रता हामीले प्राप्त गरेका छौं ।’

तस्वीर : सामाजिक सञ्जाल

प्रतिक्रिया दिनुहोस्