टापिओबिक्सके, एजेन्सी ।
हङ्गेरीमा आयोजित दास्रो पत्नी बोक्ने प्रतियोगिताको दौरान झण्डै चालिस जना पतिले आफ्ना पत्नीलाई पिठ्यँुमा बोकदै कच्ची बाटो चढेका छन् । यसअघि गत वर्षको अक्टोवरमा आयोजित प्रतियोगितामा केवल एक दर्जन दम्पतीको मात्र सहभागिता रहेको थियो ।
आयोजक गर्जली युरालीले अन्तर्राष्टिय समाचार निकाय रोयटर्सलाई बताएका छन् , ‘हामी भर्खर कोरोना भाइरस कमहामारीको कठिन अवधिबाट बाहिरिएका छौं । त्यसैले हामीले खुल्ला स्थानमा रमाइलो गर्नुपर्दछ ।
मूलत भाइकि युदेखि शुरु भएको यस प्रतियोगितालाई निरन्तरता दिन गुरालीले गत जनवरीदेखि नै तयारी शुरु गरेका थिए । आधुनिक कालमा विशेष गरी फिनल्यान्ड यो परम्परा नब्बेको दशक देखि शुरु भएको देखिन्छ ।
एस्टोनियाली दौडमा तिनीहरुले आफ्नै शैलीमा अर्थात पत्नीको खुट माथि पर्ने गरी बोकेर दौडने गरेका छन् । तर सो दौडमा सहभागी जोडी मार्क म्याज्याक्स र एनेटले भने परम्परागत शैली यानी टाउको माथि नै पर्ने शैली अपनाएका छन् ।











प्रतिक्रिया