टोकियो, (एजेन्सी) ।
जापानको राजधानी टोकियोस्थित एउटा यात्रुवाहक ट्रेनमा शुक्रबार राति एकजना पुरुषले अन्य यात्रुमाथि एक्कासि छुरा प्रहार गर्दा कम्तिमा १० व्यक्ति घाइते भएको प्रहरीले जनाएको छ ।
स्थानीय सञ्चारमाध्यमका अनुसार ती ३६ वर्षीय आक्रमणकारीले खुसी देखिने महिलाहरू देखेपछि आफूलाई निकै रिस उठेकाले तिनीहरूलाई मार्न चाहेको बयान प्रहरीलाई दिएका छन् ।
यस घटनामा एक पीडित छात्रा गम्भीर घाइते भएकी छन् । अन्य बाँकीलाई भने सामान्य चोट लागेको बताइएको छ । हिंसात्मक अपराध निकै कम घट्ने जापानको राजधानी टोकियोमा सुरक्षा व्यवस्था निकै कडा हुने गरेको छ । त्यसमाथि पनि अहिले टोकियोमा विश्वकै निकै प्रतिष्ठित खेलकुद प्रतियोगिता ओलम्पिक्स जारी रहेको छ ।
स्थानीय समयअनुसार राति करिब १० बजेर ४० मिनेट जाँदा सेइजोगाकुएन स्टेसननजिक उनले छुरा आक्रमण गरेका थिए । अचानक डिब्बाहरूबाट आएको हो–हल्ला सुनेपछि ड्राइभरले आपतकालीन प्रविधिले ट्रेन रोकेका थिए । प्रत्यक्षदर्शीहरूका अनुसार आक्रमणकारी ट्रेनबाट हामफालेर ट्रयाक हुँदै भागेको बताएका छन् । मानिसहरूले लखेट्न थालेपछि भाग्दा भाग्दै थाकेर उनले आत्मसमर्पण गरेका थिए ।











प्रतिक्रिया