पोखरीमा डुबेर बेपत्ता भएका सरदारको शव फेला



न्युज अफ नेपाल, सप्तरी ।

जिल्लाको कञ्चनरुप नगरपालिका ९ रुपनगरस्थित पोेखरीमा नुहाउने क्रममा डुबेर बेपत्ता भएका एक जनाको शव सशस्त्र प्रहरीले
फेला पारेको छ ।

सोही नगरपालिका १२ बस्ने ६० बर्षिय बिर्जु सरदार यही साउन २१ गते पोखरीमा नुहाउने क्रममा डुबेर बेपत्ता भएका थिए । सो घटनाबारे जानकारी पाउनासाथै सशस्त्र प्रहरी बल नेपाल सुरक्षा वेश भारदहबाट सशस्त्र प्रहरी निरीक्षक ध्रुव प्रसाद भट्टको कमाण्डमा खटिएको गोताखोरसहितको सशस्त्र प्रहरीले उनको शव पोखरीबाट बाहिर निकालेको हो ।

प्रतिक्रिया दिनुहोस्