सशस्त्र प्रहरीद्वारा चोरीपैठारीको सामान बरामद



न्युज अफ नेपाल, सर्लाही ।

सर्लाही जिल्लाको लालबन्दी नगरपालिका ५ पानी ट्याङ्कीस्थित सीमा ईलाकाबाट सशस्त्र प्रहरीले करिब ३ लाख १२ हजार रुपैयाँ बराबरको चोरीपैठारीको विभिन्न किसिमका सामान बरामद गरेको छ ।

भारबाट अबैध रुपले नेपालतर्फ ल्याउँदै गरेको लत्ताकपडा, भाँडाबर्तन तथा गुट्खा सशस्त्र प्रहरी बल नेपाल सुरक्षा वेश हरिवनबनबाट खटिएको सशस्त्र प्रहरीले बरामद गरेको हो । बरामद सामान भन्सार कार्यालय मलगंवामा बुझाईएको छ ।

यसैगरी रुपन्देही जिल्लाको सिद्धार्थनगर नगरपालिका ११ बाईपास ईलाकाबाट सशस्त्र प्रहरीले करिब २ लाख रुपैयाँ बराबरको चोरीपैठारीको लत्ताकपडा बरामद गरेको छ ।

भारतबाट अबैध रुपले ल्याउँदै गरेको उक्त लत्ताकपडा सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट डण्डाबाट खटिएको सशस्त्र प्रहरीले बरामद गरेको हो । बरामद लत्ताकपडा भन्सार कार्यालय बेलहियामा बुझाईएको छ ।

प्रतिक्रिया दिनुहोस्