लोक कल्याणकारी विज्ञापन समितिको सदस्यमा अधिकारी र तिमिल्सिना



न्युज अफ नेपाल, कास्की ।

गण्डकी प्रदेश सरकार कानून, संचार तथा प्रदेश सभा मामिला मन्त्रालयको लोक कल्याणकारी विज्ञापन सिफारिसतथा समन्वय समितिको सदस्यमा पोखराका दुई जना पत्रकार मनोनयन हुनु भएको छ ।

मन्त्रालयका मन्त्री विन्दु कुमार थापाको मन्त्रीस्तरको निर्णयबाट पत्रकारद्वय टंकराज अधिकारी र सरीता तिमिल्सिना मनोनयन हुनु भएकोहो ।

साउन १९ गतेको मन्त्रीस्तरको निर्णयले उहाँहरुलाई सदस्यमा मनोनयन गरिएको मन्त्रालयले जनाएको छ ।

अधिकारी नेपाल प्रेस युनियनको गण्डकी संयोजक हुनुको साथै नेपाल समाचारपत्रमा आबद्ध हुनुहुन्छ भने तिमिल्सिना नेपाल पत्रकार महासंघकी केन्द्रीय सदस्य र पोखरा पोष्ट डट कमकी सम्पादक हुनुहुन्छ ।

प्रतिक्रिया दिनुहोस्