पहिलो भारतीय विमानवाहक युद्धपोतको परीक्षण शुरू



इन्डियन न्युज च्यानल ।

बुधबार भारतको पहिलो स्वदेशी विमानवाहक (आईएसी) युद्धपोत ‘विक्रान्त’को समुद्री परीक्षण शुरू गरिएको छ ।

सन् १९७१ को भारत–पाकिस्तान युद्धको विजय महोत्सवको ५०औं वर्षगाँठको उपलक्ष्यमा यस विमानको परीक्षण हुन लागिएको हो ।

भारतीय नौसेनाले एक ट्विटमा भनेको छ– ‘सन् १९७१ को भारत–पाकिस्तान युद्धको विजय महोत्सवको ५०औं वर्षगाँठको समय पारेर यस विमानको परीक्षण हुन लागेको हो । यो हाम्रो लागि एक ऐतिहासिक दिन हो । ‘विक्रान्त’ भारतमा योजना बनाइएको र निर्माण गरिएको अहिलेसम्मको सबैभन्दा ठूलो र जटिल युद्धपोत हो । यस्ता अरू धेरै विमानको निर्माण हुनेछ ।’

‘विक्रान्त’ भारतमा योजना बनाइएको र निर्माण गरिएको अहिलेसम्मको सबैभन्दा ठूलो र जटिल युद्धपोत हो । यस विमानले ‘मिग–२९के’ लडाकु विमान, ‘कामोभ–३१’ हवाई संकट सूचना दिने हेलिकप्टर, ‘एमएच–६० आर’ बहुपक्षीय हेलिकप्टर र स्वदेशमा निर्मित अत्याधुनिक हल्का हेलिकप्टर सञ्चालन गर्न सक्दछ ।

यस विमानले लामो दूरीमा हवाई हमला पनि गर्न सक्दछ । साथै, यस विमानमा वायुनिषेध, सतहविरोधी युद्ध, आक्रामक र रक्षात्मक हवाई हमला, हवाई पनडुब्बी प्रतिरोधक युद्ध, प्रारम्भिक हवाई चेतावनी दिनसक्ने क्षमता रहेको छ ।

यसअघि, जुन महिनामा रक्षामन्त्री राजनाथ सिंहले सन् २०२२ को मध्यदेखि पहिलो स्वदेशनिर्मित विमान ‘आईएनएस विक्रान्त’को नाममा सञ्चालनमा जानकारी दिएका थिए ।

विमान निर्माणको प्रक्रिया हेर्न रक्षामन्त्री केरलाको कोचीस्थित विक्रान्तको निर्माणस्थलमा पुगेका थिए । यो विमानको निर्माण कार्य सन् २०२० को नोभेम्बर महिनामा पूरा भएको थियो । त्यसबेला रक्षामन्त्री राजनाथ सिंहलाई विमानको सफल परीक्षणबारे जानकारी दिइएको थियो ।

रक्षा मन्त्रालयले एक विज्ञप्तिमा भनेको छ– ‘यो आत्मनिर्भर भारत र भारतमा निर्माण पहलअन्तर्गत एक गौरवशाली ऐतिहासिक क्षण हो । स्वदेशी विमानवाहकको निर्माणसँगै, भारत पनि ती देशको रूपमा सूचीकृत भएको छ जसले स्वदेशमै एक अत्याधुनिक विमानवाहकको निर्माणको निम्ति योजना बनाउन सक्छ, निर्माण गर्न सक्छ र एकीकृत गर्न सक्छ ।

विज्ञप्तिमा अगाडि भनिएको छ– ‘कोभिड–१९ को चुनौतीको बाबजुद सम्बद्ध सबै सरोकारवालाको समर्पित प्रयासका कारण यो उपलब्धि हासिल गर्न सकिएको हो ।’

प्रतिक्रिया दिनुहोस्