हरिहरपुरगढी गाउँपालिकामा ३ ठूला सडकको स्तरोन्नति गरिँदै  



बुद्ध नेपाली, सिन्धुली ।

सिन्धुलीको हरिहरपुरगढी गाउपालिकाले यस आर्थिक बर्षमा तिन ओटा ठुला सडकहरुको स्तरउन्नती गर्ने भएको छ । गाउपालिकाले आर्थिक बर्ष २०७८।७९ को बजेटबाट ९ करोड भन्दा बढी बजेट बिनियोजन गरेर पालिका क्षेत्रभित्रको तिन ठुला सडकको स्तरउन्नती गर्न थालेको हो ।

करिव १४ किलोमिटर लामो गुर्जी– चिसापानी– बाँदरे सडक, अर्को २१ किलोमिटर लामो बख्बर –परतेनी –मोरङ्खे –बागमती सडक र करिव १३ किलोमिटर लामो क्यानेश्वर–हरिवन सडक स्तरउन्नती गर्न बजेट बिनियोजन गरेको गाउपालिकाले जनाएको छ । यस बर्षको बजेटमा संघिय सरकार र गाउपालिकाबाट गुर्जी– चिसापानी–बाँदरे सडक र बख्बर –परतेनी –मोरङ्खे –बागमती सडकको स्तरउन्तीका लागि दुई÷दुई करोड बिनियोजन गरिएको गाउपालिका अध्यक्ष कारसाङ लामाले जानकारी दिनुभयो । त्यस्तै क्यानेश्वर–हरिवन सडक स्तरउन्नती गर्न पनि संघिय सरकार र पालिकाबाट पाँच करोड बजेट बिनियोजन गरिएको अध्यक्ष लामाले जानकारी दिनुभयो । यी तिन ओटै सडकमा नाला, सोलिङ, ग्राभेल र ढलान सहित स्तरउन्नती गरिने अध्यक्ष लामाले बताउनुभयो । यी तिन ओटै सडक निर्माणका लागि छिट्टै ठेक्का आह्वान गरिने अध्यक्ष लामाले जानकारी दिनुभयो । यी तिन ओटा सडक गाउपालिकाकै मुख्य सडक भएकाले महत्वका बजेट बिनियोजन गरेर स्तरउन्नती गर्न थालिएको अध्यक्ष लामाको भनाई छ ।

क्यानेश्वर–हरिवन सडक हरिहरपुरगढी गाउपालिकालाई तराईसँग जोड्ने मुख्य सडक हो । हरिहरपुरगढी गाउपालिकाको करिव आधा भुभागका नागरिकले क्यानेश्वर–हरिवन सडकलाई प्रयोग गर्दै आवतजावत गर्ने गर्छन । यस सडकको हरिहरपुरगढी गाउपालिका क्षेत्रमा सडक राम्रै भए पनि सर्लाही जिल्लाको हरिवन क्षेत्रमा भने सडक विग्रिएको छ । गाउपालिको यस बर्ष सोही विग्रिएको भागमा सडक स्तरउन्नती गर्ने गाउपालिका अध्यक्ष लामाले बताउनुभयो । हरिहरपुरगढी गाउपालिका सहित जिल्लाका सबै स्थानिय तहहरुले सुरु देखि नै पहिलो प्राथमिकतामा सडकलाई राखेर वडाको टोल टोलसम्म सडक खनेका छन् । स्थानिय तह कायम भएको चार बर्षको अवधी सम्म हरिहरपुरगढी गाउपालिकाको सबै वडामा सडक पुगेको गाउपालिका अध्यक्ष लामाले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्