डा.गौतम प्रसूतिगृह सरुवा



काठमाडौं, (नेस) ।

कोभिड युनिफाइड केन्द्रीय अस्पताल (वीर) को प्रमुख प्रशासकीय अधिकृत डा. जागेश्वर गौतमलाई प्रसूतिगृह थापाथली अस्पतालमा सरुवा गरेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा सोमबार बसेको मन्त्रिस्तरीय बैठकले डा. गौतमलाई हटाएर उहाँको स्थानमा ट्रमा सेन्टरका अर्थोपेडिक चिकित्सक डा.रुद्र मरासिनीलाई नियुक्त गरेको हो ।

डा. गौतमले कर्मचारीको मागका विषयमा छलफल गर्न लागेको समयमा प्रहरी प्रशासन बोलाएर स्वास्थ्यकर्मी तथा कर्मचारी कुटाएको आरोप लगाउँदै कर्मचारीहरूले उहाँको सरुवाको माग गर्दै अस्पतालमा धर्ना दिएका थिए ।

सरकारले डा. गौतमलाई गत जेठ १० गते स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको प्रवक्ताबाट हटाएर प्रमुख प्रशासकीय अधिकृतका रूपमा वीर अस्पतालमा नियुक्त गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्