कोदालोले हानेर श्रीमतीको हत्या



न्युज अफ नेपाल, धादिङ ।

खेतमा काम गर्नजाँदै गरेकी पत्निको ०७८ साउन १८ गते कोदालोले हानेर एक पुरुषले हत्या गरेका छन् । बेनिघाट रोराङ गाउँपालिका –२ ताल्तीहुरे का ४२ वर्षीया भिममाया बिकलाई उनका पति ४५ वर्षीय तिर्थबहादुर बिकले हत्या गरेका हुन् ।

बिहान घरमा दुबैजनालेरक्सी खाएर खेतमा काम गर्न जाँदै गर्दा कोदालो र हसियाले कन्चटमा हानेर हत्या गरेको जिल्ला प्रहरी कार्यालय धादिङका प्रमुख एसपि महेन्द्र खड्काले जानकारी दिनुभयो ।

घरमा बस्दा रक्सी खाएपछि एक आपसमा आरोप लगाउँदै झगडा गर्ने गरेको भएपनि कसरी हत्या भयो भन्नेबारे छिमेकीहरुले एकिन गर्न नसकेको बताएका छन् ।

घटनापछि आरोपित तिर्थबहादुर डोरीको पासो लगाइ आत्महत्या गरेको अवस्थामा शव भेटिएको प्रहरीले जानकारी दिएको छ । घटनाको विस्तृत अनुसन्धान गरिने जानकारी दिँदै एसपी खड्काले शवको पोष्टमार्टमका लागि प्राथमिक स्वास्थ्य चौकी गजुरी लगिएको बताउनु भयो।

प्रतिक्रिया दिनुहोस्