रसुवाको ३६ वर्ष पुरानो भगवती मन्दिरमा संरक्षण अभाव



रसुवा ,सरस्वती न्यौपाने ।

जिल्ला को साविकको धुन्चे गाविस हाल गोसाईकु्ण्ड गाउँपालिका वडा नम्बर ६ धुन्चेमा रहेको भगवती मन्दिरको संरक्षण र रेखदेख को अभाव रहेको छ।

२०४२ सालमा तत्कालीन जिल्ला पन्चायत र बुद्धिजीवी हरूसंगको सहकार्य मा तेतिखेरका प्रमुख जिल्ला अधिकारी रामेश्वर देवकोटा को पहलमा बनेको हो ।हिन्दु लगाएत बौद्व धर्म मान्ने हरूले मानिआएका छन ।तेतिवेला प्रजिअ देवकोटा ले आफ्नो कार्यकालमा केहि न केही गर्नु पर्छ भन्ने सोचले आफ्नो संस्कृति परम्परा लाई निरन्तरता दिनु पर्छ भन्ने सोच राखि भगवती मन्दिर वनाएका हुन ।

यति खेर संरक्षण र देखदेख को अभावमा रहेको आस्थाको धरोहर भगवती मन्दिर अहिले धेरै कम मानिसहरूलाई थाहा छ । धुन्चे वरपर भगवती मन्दिर जस्तै अरू पनि रहेका छन ।स्थानीय हरूले मानि आएका घ्याङगुम्बा,एक मानेदेखि ६ माने,छुर्तेन रहेका छन ।

धार्मिक पर्यटनका लागि सारै राम्रो आकर्षण गर्ने यस्ता धार्मिक ठाउहरूलाई स्थानीय सरकारले चासो दिनु पर्ने मा रसुवा नागरिक समाजका अध्यक्ष वावुलाल तामाङले बताए । उतरगया धाम खुट्टा सिर गोसाईकुण्ड शरीर कालिका माई विचको अरूभागहरू यस्तै शक्ति पिठ हरूले गर्दा नै रमणिय ठाउँ हरू रहेको छ ।

प्रतिक्रिया दिनुहोस्