ट्रकले मोटरसाईकललाई ठक्कर दिँदा दम्पतीको मृत्यु



भद्रपुर (ने.स) ।

झापामा दमकमा ट्रकले मोटरसाईकललाई ठक्कर दिँदा एक दम्पतीको मृत्यु भएको छ ।गएराति १०.बजेतिर झापाको दमक ४ स्थित लोकमार्गमा पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको प्रदेश २ –०३ –०१३ प ४७८७ नं को मोटरसाइकललाई विपरित दिशाबाट जाँदै गरेको ना ४ ख ८७३० नं को ट्रकले ठक्कर दिएको थियो ।

ट्रकको ठक्करबाट मोटरसाईकल चालक कनकाई नगरपालिका वडा नं ३ बस्ने ४३ वर्षिय पूर्णबहादुर विष्ट र पछाडि सवार उनकी श्रीमती ३६ वर्षिया भीमा विष्टको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।घाइतेहरुलाई उपचारका लागि लाइफलाइन अस्पताल लादै गर्दा बाटैमा मृत्यु भएको जिल्लाका डिएसपी राकेश थापाले जानकारी दिनुभयो ।

दुर्घटनापछि ठक्कर दिने ट्रक , ट्रक चालक विराटनगर ४ बस्ने ४८ वर्षिय सुजन थापा र मोटरसाइकललाई दमक प्रहरीले नियन्त्रणमा लिएको उहाँले बताउँनुभयो ।

प्रतिक्रिया दिनुहोस्