पत्रकारलाई ८५ हजार पुरस्कार



हेटौंडा, (नेस) ।

नेपाल पत्रकार महासंघ मकवानपुरले नगद पुरस्कार राखेर फिचर लेखन प्रतियोगिता गर्ने भएको छ । महासंघ शाखाले सोमबारको नियमित बैठकबाट मकवानपुरमा कार्यरत् पत्रकारहरुलाई लक्षित गरेर यसबारे निर्णय गरिएको हो ।

प्रतियोगितामा कुल नगद पुरस्कार राशि ८५ हजार रहेको छ । प्रतियोगिताका लागि ‘कोरोना कहरमा शिक्षा, स्वास्थ्य, उद्योग, ब्यापार, पर्यटन र कृषि क्षेत्रमा परेको समस्या र प्रतिकूलताबीच भएका कामहरुका साथै तीन तहका सरकारले खेलेको भूमिका’ विषय छनौट गरिएको छ । उल्लेखित विषयमा १ हजार ५ सय शब्दमा नघटाइ प्रतियोगीले फिचरलेखन गर्नुपर्नेछ ।

प्रतियोगीले आफ्नो फिचर सामग्री साउन २५ गतेभित्र महासंघ मकवानपुर शाखाको इमेलमार्फत् उपलब्ध गराउनुपर्ने महासंघले मंगलबार सूचना जारी गर्दै उल्लेख गरेको छ । प्रतियोगितामा प्रथम हुनेले २५ हजार, दोस्रोले १५ हजार र तेस्रो हुनेले १० हजार रुपियाँ नगद पुरस्कार प्राप्त गर्ने महासंघ मकवानपुर शाखाले जनाएको छ । उत्कृष्ट ७ जनालाई जनही ५ हजार रुपियाँका दरले पुरस्कृत गरिने महासंघ मकवानपुर अध्यक्ष मणिराज गौतमले उल्लेख गर्नुभएको छ ।

प्रतिक्रिया दिनुहोस्