नेपालको बेथिति एयरपोर्टबाटै शुरू हुन्छ: किराती



काठमाडौँ ।

लेखक तथा जनता समाजवादी पार्टीका युवानेता मिलन कान्छा किरातीले नेपालको बेथिति एयरपोर्टबाट शुरू हुने बताएका छन् ।
सामाजिक सञ्जालमा तस्बिरसहित लेखेका छन्, ‘नेपालको बेथिति एयरपोर्ट बाटै शुरू हुन्छ । कोरोनाको विवरण हातले लेखिन्छ  । सामाजिक दुरी कायम गरिदैन । सर्जिकल मास्क त्यो पनि चिउडोमा लगाइन्छ ।

यात्रुलाई घण्टौ कुर्न बाध्या पारिन्छ । छिटो छरितो सेवाको लागी कमसेकम विवरण टिपोट गर्न एउटा कम्प्युटर उपलब्ध गराइदेउ –सरकार ! त्यहाँको व्यवस्थापनको लागि सम्बन्धित निकायको ध्यान जाओस ।’

प्रतिक्रिया दिनुहोस्