‘ए’ डिभिजनको रोजाइमा मकवानपुरे स्टार



हेटौंडा, (नेस) ।

मकवानपुर फुटबलका लागि उर्वर भूमि हो । बिभिन्न स्थानीय निकायमा रंगशाला र फुटबल मैदान निर्माण जारी रहँदा यस तथ्यलाई पुष्टि गरेको छ । मनहरी र बकैया गाउँपालिकाले आफ्नै लगानीमा मैदान निर्माण गरिरहेका छन् ।यहाँका युवा खेलाडी देशका नाम चलेका ‘ए’ डिभिजन क्लबमा आवद्ध हुने क्रम जारी छ । पछिल्लोपटक करिब एक दर्जन खेलाडीले बिभिन्न क्लबमा आफ्नो उपस्थिति निश्चय गरेका हुन् ।
‘ए’ डिभिजन लिग फुटबलका लागि क्लबहरुमा आबद्ध हुने खेलाडीले कम्तिमा २० हजार रुपियाँदेखि एक लाख ५० हजार रुपियाँसम्म पारिश्रमिक लिने गरेका छन् ।

अघिल्लो सिजनको ‘ए’ डिभिजन लिग मनाङ मस्र्याङ्दी क्लबबाट खेलेका राष्ट्रिय टोलीका सदस्य फरवार्ड अञ्जन बिष्टले यसपटकको लिग पनि मनाङबाटै खेल्ने भएका छन् । मनाङसँगको सम्झौतालाई निरन्तरता दिइएको उनले बताए ।राष्ट्रिय टोलीका अर्का सदस्य मिडफिल्डर सुनिल बलले च्यासल युथ क्लब छाडेर अघिल्लो सिजनको लिग विजेता मच्छिन्द्र क्लब रोजेका छन् । उनले मच्छिन्द्र क्लबबाट लिग खेल्न औपचारिकरुपमा हस्ताक्षर गरिसकेका छन् भने यसअघिको लिगमा मनाङ मस्र्याङ्दीबाट खेलेका रञ्जन बिष्ट यस वर्ष भने न्युरोड टिम (एनआरटी) बाट खेल्ने भएका छन् । केही दिनअघि उनले सम्झौतामा हस्ताक्षर गरेका हुन् । उनी एपीएफबाट ६ सिजन, थ्रीस्टारबाट २ सिजन र मनाङबाट १ सिजन फुटबलमा रमाइसकेका छन् ।मोफसलका बिभिन्न प्रतियोगितामा दर्शकको मन जित्दै अघिल्लो सिजन च्यासलबाट लिग खेलेका अमिर श्रेष्ठले यस पटकको लिग जावलाखेल युथ क्लबबाट खेल्ने भएका छन् । श्रेष्ठले जावलाखेलसँग सम्झौता गरिसकेका छन् ।

अघिल्लो वर्ष जावलाखेलआवद्ध मनिष पौडेल यस वर्ष पनि जावलाखेलमै रहनेछन् । यसअघि मनाङ मस्र्याङ्दीआवद्ध भएका गोलरक्षक अशोक बराल यस सिजन पनि मनाङमै रहनेछन् । बीके तामाङ, रवि लामा र रोशन दोङले भने विभागीय सशस्त्र प्रहरीको एपीएफ क्लबबाट लिग खेल्नेछन् । गोलरक्षक रोहित कार्कीले संकटा क्लबसँगको पुरानो सम्झौता नवीकृत गरेका छन् । नेपाल आर्मीमा आवद्ध भएर व्यावसायिक फुटबल खेल्दै आएका बिमल पाण्डेले आर्मीबाटै लिग खेल्नेछन् ।मकवानपुरका सिनियर खेलाडी चर्चित क्लबमा व्यावसायिकरुपमा आवद्ध भएर फुटबललाई चलायमान बनाइरहँदा जुनियर खेलाडीहरु पनि उनीहरुसँगै फुटबलमा आफ्नो भविष्य खोज्ने दाउमा छन् ।नियमितरुपमा सञ्चालन हुने लिगले खेलाडी उत्पादनमा टेवा पु¥याउने त छँदैछ, पछिल्लो समय मकवानपुरका धेरै खेलाडी विभिन्न क्लबमा आबद्ध भएकोमा मकवानपुरले गौरव गरिरहेको जिल्ला फुटबल संघ अध्यक्ष टीकाराम लामा बताउँछन् ।

‘राष्ट्रिय टिममा २÷३ जना नियमित परिरहेका छन् । नेपाललाई स्वर्ण जिताउन मकवानपुरे खेलाडीको उत्तिकै भूमिका रहँदै आएको छ’, फुटबल संघ अध्यक्ष लामाले भने–आगामी ‘ए’ डिभिजन लिग खेल्न मकवानपुरका करिब १२ खेलाडीले विभिन्न क्लबमा हस्ताक्षर गर्नु जिल्लाकै लागि खुशीको कुरा हो । अखिल नेपाल फुटबल संघ (एन्फा) ले तोकिएकै मितिमा लिग सञ्चालन हुने बताएको छ ।

प्रतिक्रिया दिनुहोस्