प्रम देउवालाई जापानी प्रधानमन्त्रीको बधाई



काठमाडौं, (नेस) 

प्रधानमन्त्री शेरबहादुर देउवालाई जापानका प्रधानमन्त्री सुगा योसिहिदेले प्रधानमन्त्रीमा नियुक्त हुनुभएको र संसद्मा विश्वासको मत हासिल गर्न सफल हुनुभएकोमा बधाई दिनुभएको छ ।

जापानी राजदूत किकुता युताकाले बिहीबार बालुवाटारमा गई जापानी प्रधानमन्त्री योसिहिदेको बधाई सन्देश प्रधानमन्त्री देउवालाई हस्तान्तरण गर्नुभएको हो । प्रधानमन्त्री देउवाले जापानी प्रधानमन्त्रीप्रति आभार व्यक्त गर्नुभएको थियो ।बधाई सन्देश हस्तान्तरण गर्ने क्रममा प्रधानमन्त्री देउवा र जापानी राजदूत किकुताबीच नेपाल र जापानबीचको दुई पक्षीय मैत्री सम्बन्ध र आपसी सहयोगका बारेमा छलफल भएको थियो । राजदूत किकुताले सन् १९५६ मा कूटनीतिक सम्बन्ध स्थापना हुनुभन्दा पनि धेरै अघिदेखि नेपाल र जापानबीच जनस्तरमा राम्रो सम्बन्ध रहेको जिकिर गर्दै आगामी वर्ष दुई देशबीच विद्यार्थी आदान–प्रदान भएकोे १२०औं वर्ष पुग्ने बताउनुभएको थियो । सन् १९०२ मा ८ जना नेपाली विद्यार्थी पहिलोपटक अध्ययनका लागि जापानमा पुगेका थिए ।

भेटमा राजदूत किकुताले नेपाल र जापानले सँगसगै कोभिड–१९ को महामारीबाट छुट्कारा पाउने विश्वास व्यक्त गर्दै जापानले नेपाललाई जापानमा बनेको कोरोना भाइरसविरुद्धको एस्ट्राजेनेका खोपको १६ लाख मात्रा अनुदान दिन लागेको दोह-याउनुभयो ।राजदूत किकुताले नेपालका धेरै अस्पताललाई जापानले स्वास्थ्य उपकरण प्रदान गरेको जानकारी गराउँदै नेपाली जनताको जीवनरक्षा र पोस्ट कोभिड समाजको आर्थिक अवस्था उकास्न जापानले नेपालसँग

प्रतिक्रिया दिनुहोस्