एनआरएनए स्पेनको निर्वाचन दौडमा सबैका साझा उमेद्धवार राईकै पक्षमा जनमत उर्लियो



स्पेन । 

गैरआवासीय नेपाली संघ, स्पेनको आगामी जुलाई २६ तारिकमा हुन गैरहेको सातौ राष्ट्रिय महाधिबेशनमा अध्यक्ष पदका प्रत्याशी उमेदवार उत्तर कुमार राईको पक्षमा जनमत बढ्दो गतिमा देखिएको छ । वर्तमान कार्यसमितिमा रहेका चार उपाध्यक्ष मध्यका सबै भन्दा बढि मत ल्याउन सफल उत्तर कुमार राई र दोश्रोमा दिनेश कुमार गिरी रहेका थिए भने चारै उपाध्यक्षको सहयोगमा अध्यक्ष पदका दावेदार उत्तरकुमार राईलाई स्पेनका अधिकांश संघ संस्थाहरुले समेत समर्थन गरेका छन् ।

अहिलेसम्म कुनै राजनितिक, क्षेत्रीय या जातीय संस्थामा नलागेर स्पेनमा स्वच्छ छवि बनाएका राईलाई सवैले साझा उमेद्वारको रुपमा समर्थन र सहयोग गर्ने प्रतिबद्धता समेत आएको राईले दावि समेत गरेक छन् । एनआरएनए स्पेनको बर्तमान उपाध्यक्ष रहेका राईले एनआरएन अभियानमा आफुले अहिलेसम्म कुनै पक्षमा नलागि निश्पक्ष रुपमा कसैलाई काखा पाखा नगरी राहत वितरणमा पार्दर्शिरुपमा स्पेनभर बस्ने सबै पञ्जिकृत सदस्य नभएपनि दुख सुखमा सहयोग पाउनु पर्छ भनेर लड्ने, सक्षम ब्यक्ति भनेर कार्यसमितिमा चित्रण गर्ने गरिएको एक सदस्य बताउछन् । अध्यक्षका बलिया उमेद्धवार राईले स्पेनमा समस्यामा परेका हरेक नेपालीका दुख सुखमा सहयोगी भुमिका खेल्ने गरेको स्पेनबासी नेपाली समुदायहरुको ठम्याई रहेको छ। राईले भने नेपाली समुदायको हीतमा लागेकोले आफुलाई सबैको समर्थन रहेको उहाँले चुनावी अभियानमा आफ्ना मतदाताहरुलाई समेत बताए ।साझा उमेद्धवारको रुपमा हिजो उपाध्यक्ष हुदाँ पनि आफु कुनै एक पक्षको मात्रै नभएर सवैको साझा उमेद्वार भएको र अहिले पनि सबैको उमेद्धवार रहेको बताए । यसअघि एनआरएनए म्याड्रिड क्षेत्रको सफल नेतृत्व गरिसकेका राईले अब पुरै एनआरएनए स्पेनको नेतृत्व गरेर समाजलाई निश्पक्षता र आदर्शको सन्देश दिन चाहेको उनले बताए । उनले भनेुएनआरएनएको नेतृत्वका लागि आफु अध्यक्ष हुनका लागि मात्रै उमेद्वारी दिएको नभै एनआरएनए र स्पेनको नेपाली समाजको बारेमा एउटा सपना र भिजन लिएर आएको दावी समेत गरेका छन् ।

उनले आफ्नो प्रमुख उद्देश्य भनेको नै एनआरएनएलाई विशुद्ध समावेशि सामाजिक संस्थाको रुपमा अघि बढाउनेमा प्रयास रहने बताएका छन् । यस्तै युवा र नयाँ पुस्तालाई एनआरएन अभियानमा आकर्षित गर्ने खालका विभिन्न नयाँ योजना र कार्यक्रम आफुसँग रहेको उनले दावी गरेका छन् । यस्तै एनआरएनएलाई दोश्रो पुस्तामा हस्तान्तरणका लागि बाटो खोल्न, नेपाली र स्पानिस समुदायबीच सम्बन्ध बढाउन, नेपालीहरुको समस्यामा एनआरएनएले मुख्य अभिभाबकको भुमिका निभाउन, नेपालको पर्यटन प्रर्बद्धनकालागि नेपाल र स्पेनको बीचमा पुलको काम गर्न र धेरै अगाडी देखिको योजनालाई साकार पार्न नचुक्ने उहाँको प्रतिबद्धता समेत छन् । अघिल्लो नेतृत्वले पुरा गर्न नसकेका अधुरा कामहरु मध्यको नेपाल हाउस बनाउन प्रयास गर्ने उनले बताए । दुताबासमा एनआरएनए डेक्स खोल्न सहयोगी भुमिका खेलेका राई कोभिड( १९ ले भयाबह हुदा स्पेनभर समस्यामा परेका नेपालीहरुलाई राहत वितरणमा महत्वपुर्ण भुमिका निभाएका थिए । राई भन्छन् दान भनौ वा सहयोग गोप्य हुनुपर्छ त्यसले लिनेले कहिल्यै अप्ठ्यारो महसुस नमानोस् ।हाल गैर आवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद, स्पेनको उपाध्यक्ष रहेका राई नेपालीका विभिन्न समस्यामा साझा संस्थागत रुपमा हातेमालो गर्न र मातृभुमी नेपालका लागि आवश्यक परेको बेलामा सहयोगको लागि अभियानमा सधै अग्रभागमा रहेर काम गरिरहेका छन् । एनआरएनए क्षेत्रीय समिती म्याड्रिडको अध्यक्षको रुपमा रहँदा स्पेनको समुदाय र सरकारी निकायसँग मिलेर उनले नेपाली समुदायका लागि धेरै उदाहरणीय काम गरेका छन् ।

लामो समयदेखि स्पेनमा रहेकोले उनले नेपाली समुदायमा मात्र नभै यहाँको स्पानिस समुदायसँग पनि विभिन्न तरिकाले ब्यक्तिगत र संस्थागत रुपमै जोडिएर काम गरेका छन् । यसले नेपाली समुदायलाई यहाँको स्पानिस समुदायसँग घुलमिल बनाउने र नेपाली समुदाय र स्पानिस समुदायलाई जोड्ने पुलको काम गर्न सफल भएको उनको भनाई छ ।राईले करिब ८ वर्षसम्म स्पानिस मजदुर संगठन युजिटी प्रतिस्ठानको अध्यक्षमा सफल नेतृत्वदायी भुमिका निर्वाह गरि सकेका छन् । नेपाली स्पानिस र अरु विदेशी कामदारको पक्षमा समेत धेरै काम गरेका छन् । स्पानिस भाषा सिकाइका लागि सवै तहको अध्ययन पुरा गरिसकेका राईले यहाँको चर्चित पत्रिका एल पाइसको लागि भाषा अनुवादकको काम पनि गरेका थिए । एनआरएन अभियानसँग जोडिएर नेपाली समुदायसँगै यहाँको विभिन्न स्थानीय संघसस्था र गतिविधिमा जोडिएर मैले नेपाली समुदायको चिनारी र नेपालीको इज्जत, सम्मानका लागि पनि भुमिका खेलेको उनले बताए छन् ।नेपालको पुर्वी धरानमा जन्मिएका राई विगत २४ वर्षदेखि स्पेनको म्याड्रिडमा बस्दै आएका छन् । गैर आवासीय नेपाली संघ, स्पेनको यही जुलाई २६ तारिकमा हुन लागेको अधिबेशन मार्फत समाजसेवाको आफ्नो लगावलाई थप हौसला प्रदान गर्न आगामी कार्यकाल २०२१–२३ को लागि अध्यक्ष पदमा सहयोग गर्न उनले सवै स्पेनबासी नेपालीसँग आग्रह गरेका छन् । राई भन्छन् ुआफु ब्यक्तिमा भन्दा पनि समाज र समुदायमा विश्वास गर्ने ब्यक्ति भएकोले विभिन्न बाहानामा विभाजित भएर अगाडी बढ्दा त्यसले ब्यक्तिबादी सोच हावि हुने र त्यसको फाइदा केही ब्यक्तिलाई मात्र भएपनि त्यसले दुर्गामी असर नेपाली समुदायलाई पार्ने भएकोले सहि र सत्यको पक्षमा लाग्न उनले सवैलाई विनम्र आग्रह समेत गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्